ICAS
Rara

कार्यकर्ता रिहाईको माग गर्दै नेविसँघले लगायो पिएन क्याम्पसमा ताला

पोखरा/आफ्ना कार्यकर्ता पक्राउको बिरोध नेविसँघले मंगलबार बिहान पिएन क्याम्पसमा तालाबन्दी गरेको छ । ठुलो संख्यामा रहेका नेविसँघका नेताकार्यकताले क्याम्पस प्रमुख विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
नेपाल विद्यार्थी संघठनका विद्यार्थी नेता रेशम हमाल लगायत ८ जना सतिस बास्तोला, बिपिन नेपाली, गौरव बराल, स्वरुप भण्डारी, सौरभ चापालाई, सुजु हिताङ, युवराज पौडेल लगायतकालाई पक्राउ गरिएको प्रती आपती जनाउँदै नेविसँघले तालाबन्दी गरेको हो ।
अनेरास्ववियु, क्याम्पस प्रमुख र प्रहरी प्रशासनको मिलेमतोमा आफ्ना नेताकार्यकर्तालाई पक्राउ गरिएको नेविसंघको आरोप लगाएको छ ।

pokhara internet
Comments
Loading...