ICAS
Rara

पृथ्वीनारायण क्याम्पस प्रकरणमा कांग्रेस : रोशन हमालाई रिहाई गर्न माग

काठमाडौं । पृथ्वीनारायण क्याम्पस पोखरामा दुई विद्यार्थी समूहहरू बीच विवाद भएपछि पक्राउ परेका नेविसंघ नेता रोशन हमाललाई रिहाई गर्न कांग्रेसले माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले रोशनलाई सुनियोजित रूपमा फसाउन खोजिएको आरोप लगाएको छ ।

सामान्य विवादलाई मिलाउनका लागि क्याम्पस प्रशासनले दुवै विद्यार्थी समूहका प्रतिनिधिहरूलाई क्याम्पस परिसरमा बोलाएको र क्याम्पस परिसरबाटै हमाललाई सुनियोजित रूपमा विना कारण गिरफ्तार गरिएको कांग्रेसको ठहर छ । कांग्रेसले हमालविरुद्ध झुटा मुद्दामा फसाउने नियतका साथ षडयन्त्र गरेको दाबी गरेको छ ।

govnotice
parichay

हमालको रिहाईमा नेपाल विद्यार्थी संघले निकालेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनद्वारा नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरूमाथि जथाभावी बल प्रयोग गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरूमाथि लाठी प्रहार गरी सख्त घाइते बनाएको तथा विष्णु पहारी र सुमन विमलीलाई गिरफ्तार समेत गरेको ठहर कांग्रेसको छ ।

‘शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । घाइते विद्यार्थी नेताहरूको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाई गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?