के प्रधानमन्त्रीको आजको सम्बोधनले जनतालाई आश्वस्त वनाउला ?

पोखरा/

प्रधानमन्त्री केपि शर्मा ओलीले आज संसदमा विषेश सम्बोधन गर्ने भएका छन् । दिउँसो ११ बजे नयाँ वानेश्वर स्थित संसद भवनमा उनले देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । स्पष्ट बहुमतको सरकारको चारवटै दिशाबाट आलोचना भईरहेका बेला उनले गर्ने सम्बोधनलाई महत्वका साथ हेरिएको छ ।

roma

उनले हरेक कार्यक्रममा आफ्नो र सरकारको बचाउ गर्दै आईरहेका छन् । उनले सरकारका राम्रा कामलाई प्रचार गर्न कार्यकर्तालाई निर्देशन पनि दिँदै आएका छन् । जनताले दैनिक जीवनयापनमा सहजता खोजिरहेका बेला उनले ठुल्ठुला योजनाहरु प्रस्तुत गर्दै आएका छन् । जसका कारण जनता सन्तुष्ट छैनन् ।

ICAS
parichay

ओलीले आफ्नो सम्बोधन मार्फत जनालाई आश्वास्त बनाउन प्रयास गर्नेछन् । तर उनको सम्बोधनमा नयाँपन भने केही नहुने राजनीतिक विश्लेषकहरु बताउँछन् । उनले सरकारका पुरानै कामहरुलाई दोहोर्याएर प्रस्तुत गर्ने सम्भावना रहेको उनीहरुको भनाई छ ।

जनताले चाहेको मुल्यबृद्धि नियन्त्रण, सामाजिक सुरक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण सरकारी अड्डाहरुको काम कारवाहीमा चुस्तता हो । तर यि कुरामा सरकार पुरै असफल छ । सरकारले रेल र पानीजहाजलाई नै आफ्नो सफलताको सूचक मानिरहेको छ ।

त्यसो त सत्तारुढ दलकै नेताहरु सरकारको कामप्रति सन्तुष्ट छैनन् । उनीहरुले सरकारको प्रशंसा गर्ने ठाउँ नरहेको प्रतिक्रिया दिईरहेका छन् । सत्तारुढ दल नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डले पनि ‘देशका सबै प्रदेशमा घुम्दा कतै पनि जनता सन्तुष्ट नरहेको’ प्रतिक्रिया दिएका छन् ।

व्यापक असन्तुष्टीका वावजुद ओलीले आज गर्ने सम्बोधनले जनतामा कस्तो प्रभाव पार्छ त्यो हेर्न बाकी नै छ ।

pokhara internet
Comments
Loading...