ICAS
Rara

लकडाउनमा पोखराका मूख्यबजार (फोटो फिचर)

पोखरा । पोखरा यतिबेला सुनसान छ । अघिपछि सर्वसाधरणको भिडले थेग्न नसक्ने पोखराका मूख्यबजारमा कोही छैनन् । पसल, व्यवसाय, उद्योग, कलकारखाना, सवारी साधान सबै ठप्प छन् । पैदलयात्रुको आवतजावत समेत कम देखिन्छ ।

नेपाल सरकारले कोभिड-१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रणका लागि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक हप्ता सर्वसाधारण घरबाहिर निस्कन नपाउने ( नेपाल लकडाउन ) गरि रोक लगाइएको छ ।

govnotice
parichay

गण्डकी प्रदेश सरकारले समेत प्रदेश भित्रिने सबै नाका बन्द गरेको छ । प्रदेशको राजधानी पोखराका मूख्यचोकहरु जस्तै : चिप्लेढुङ्गा, महेन्द्रपुल, नदिपुर, बगर, दिप,लामाचौर, सिम्पानी,टुडिखेल, बिन्ध्यवासिनी, बाग्लुङ बसपार्क, प्रस्याङ, मालेपाटन, जिरो कि.मी, शान्तिनगरचोक, लेकसाइड हलनचोक, बाराहीचोक, राष्ट्रबैंकचोक, बिरौटा, मुस्ताङचोक, पोखरा विमान स्थल, पृथ्वीचोक, सभागृहचोकमा सवारीसाधन र पैदलयात्रुको पहिले घुँइचो लाग्थ्यो । अहिले कोरोनाको प्रभावले सबै शुन्य छ ।

pokhara internet
Comments
Loading...