NTHMC

पललाई अझै म्युजिक भिडियोको लोभ

पल शाहले आफ्नो परिचय नायकको रुपमा स्थापित गरिसकेका छन् । म्युजिक भिडियो हुदैँ चलचित्र क्षेत्रमा आइपुगेका पलले चलचित्र क्षेत्रमा आफ्नो बलियो स्थान बनाइसकेका छन् ।

पलको हातमा अहिले चलचित्रको कमी छैन् । म यस्तो गीत गाउँछु २को छायांकन सकाएका पलको अर्को चलचित्र ‘हृदय भरि’ पनि छायांकन सकिसकेको छ । पलले दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा काम गर्ने पनि पक्का भइसकेको छ ।

roma
parichay

चलचित्र क्षेत्रमा यत्तिका व्यस्त बन्दै गर्दा पनि पलको चित्त बुझेको छैन् । उनलाई अझै म्युजिक भिडियोको लोभ लागिरहेको छ । आफूलाई स्थापित गर्ने विधा भएर हो वा पैसाको लोभले हो, फुर्सद मिल्नसाथ उनी म्युजिक भिडियोमा काम गरिहाल्छन् ।

ICAS

पलले आफ्नो परिचय म्युजिक भिडियोबाट नै स्थापित गरेका हुन् । त्यसैले पनि उनलाई म्युजिक भिडियोमा प्रेम भएको पनि हुन सक्छ । तर, चलचित्र रिलिजको समयमा रिलिज हुने म्युजिक भिडियोले भने उनको चलचित्रको प्रचारमा पक्कै असर गर्नेछ । यसमा पलले ध्यान दिन जरुरी छ ।

pokhara internet
Comments
Loading...