NTHMC

बैंकको किस्ता र व्याज २ वर्षसम्म तिर्न सक्ने अवस्था छैन : पोखरा पर्यटन परिषद्

राजु गिरी, पोखरा । पोखरामा रहेका पर्यटन व्यवसायीको संगठन पोखरा पर्यटन परिषदले कोभिडका कारण व्यवसायमा पर्न गएको असरका कारण आगामी २ वर्ष बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता र व्याज तिर्न नसकिने अवस्था सिर्जना भएको बताएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा पर्यटन परिषदले विज्ञप्ती जारी गर्दै यस्तो कुरा बताएको हो ।

पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले सबैतिरबाट व्यवसायी मारमा परिरहेको बताए । व्यवसायी र घरधनी बिचको अन्तरसम्वन्धलाई पनि राम्रो बनाउँदै अगाडी बढ्नुपर्ने उनको भनाई थियो । उनले भने– ‘अहिले तत्कालैको समस्या भनेको घरभाडाको देखिएको छ । कसैलाई पनि मारमा नपारी अगाडी बढ्नु जरुरी छ । यसमा छलफल चलिरहेकै छ ।’ अवस्था नाजुक हुदै जाने र राज्यबाट पनि कुनै सहुलिएतको प्रक्रिया अगाडी नबढेमा ताला चावी बुझाउनु बाहेक अरु विकल्प नरहने परिषदका अध्यक्ष पोखरेलको भनाई थियो ।

roma
parichay

राज्यबाट हुने न्युनतम सहुलियत पनि नपाईने हो भने पर्यटन व्यवसायी विस्थापित हुने परिषदका उपाध्यक्ष गोपी बहादुर भट्टराईले बताए । आर्थिक समस्या दिनानुदिन थपिदै गएकाले राज्यले व्यवसाय विस्थापित हुन नदिन उचित कदम चाल्नुपर्ने उनको भनाई थियो ।

ICAS

त्यस्तै परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले अहिलेको अवस्थालाई बुझेर घरधनीहरुले ५० प्रतिशत घरभाडा छुट गरेर सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रम परिषद्का महासचिव दिल गौतमले संचालन गरेका थिए ।

pokhara internet
Comments
Loading...