ICAS
Rara

होटल व्यवसायमा कोरोना प्रभावः बैंकको ब्याजमा ५०% छुट दिन माग

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी प्रभावसँगै उत्पन संकटकालीन अवस्थामा देशभरका साना, मझौला तथा ठूला व्यवसायीहरुलाई बचाई राख्न होटल तथा पर्यटन व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष सन्तोष उप्रेती र महासचिव दामोदर नेपालले विज्ञप्ति प्रकाशित गर्दै सिंगो होटल तथा पर्यटन व्यवसायलाई नै पूर्ण रुपमा ध्वस्त हुनबाट बचाउन राहत प्याकेज उपलब्ध गराउन संघीय, प्रदेश सरकार तथा स्थानीय सरकारलाई अपिल गगरेका हुन् ।

बैंकबाट लिएको व्यवसायिक कर्जाको व्याजमा ५०% छुट गराउन, पानी, विजुली लगायतका महशुलमा ५०% प्रतिशत छुट दिन, व्यवसायीहरुले बुझाईरहेको घर बहालमा ५०% छुट, कर्मचारीहरुले पाउने तलब सुविधा मध्ये ५०% सम्बन्धित व्यवसायीले र बाँकी ५०% तलब सुविधा सामाजिक सुरक्षा कोष मार्फत उपलब्ध गराउने व्यवस्था गर्न संघले माग गरेको हो । एकातिर कोरोना भाईरसको महामारी दिनानुदिन तीब्र गतिमा संसारभर फैलिँदो छ भने अर्कोतिर त्यसको संक्रमणबाट सुरक्षित रहन हरेक देशका नागरिकहरु अहिले आ–आफ्नै घरभित्र बस्न बाध्य भएका मात्र होइन विश्वभरका अधिकाँश देशहरुले संकटकाल घोषणा गरी आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन सूचित समेत गरेका छन् । यसले गर्दा व्यवसाय ठप्प प्रायः छन् ।

govnotice

स्वदेश तथा विदेशका पर्यटकहरुको भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय त पूर्ण रुपमा धरासायी हुने देखिएको संघका महासचिव नेपालले बताए । होटल तथा पर्यटन व्यवसायी संघमा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा छरिएर रहेका ठूला मझौला तथा साना होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित करिब २६ वटा संघहरु आवद्ध रहेको छन् । उक्त संघ २०७४ सालमा दर्ता भएको हो । साना, मझौला तथा ठूला व्यवसायीहरुलाई बचाई राख्न संघले ११ बुँदे माग राखेको छ ।

१. नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता गरी वैधानिक रुपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवासाय सञ्चालन गरिरहेका व्यवसायीहरुले बैंकबाट लिएको व्यवसायिक कर्जाको व्याजमा ५०% छुट गराईदिनु हुन् ।

२. होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाईएका सम्पत्तिकर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरुमा छुटको व्यवस्था गर्नुका साथै विभिन्न दस्तुरहरु, पानी, विजुली लगायतका महशुलमा ५०% प्रतिशत छुट गरी राहतको व्यवस्था गराइदिनु हुन ।

३. घरजग्गा, सटर, कोठा आदि बहालमा लिई होटल तथा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरुले बुझाईरहेको घर बहालमा ५०% छुट गराउने व्यवस्था मिलाईदिनु हुन साथै उक्त छुट गराए बापत घर धनीलाई समेत घर बहाल करमा समेत छुट दिने व्यवस्था गरिदिनु हुन ।

४. होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरुले पाउने माशिक तलब सुविधा मध्ये ५०% सम्बन्धित व्यवसायीले र बाँकी ५०% तलब सुविधा सामाजिक सुरक्षा कोष मार्फत उपलब्ध गराउने व्यवस्था मिलाइदिनुहुन ।

parichay

५. होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले बैँकबाट लिएको कर्जा बापत बैँकलाई बुझाउनु पर्ने माशिक किस्ता वा व्याज हाललाई बढीमा एक वर्षसम्मका लागि नबुझाउँदा पनि तत् पश्चात् नियमित रुपमा बुझाउनेलाई जरिवाना मिनाहा गर्ने व्यवस्था गराईदिनु हुन ।

६. वर्तमान अवस्थामा बजारमा देखा परेको मास्क, हेण्ड सेनिटाईजर, औषधि जस्ता अत्यावश्यक बस्तुहरुको कालोबजारी तथा कृतिम अभावलाई तत्काल सम्वोधन गर्नु हुन ।

७. अधिकाँश होटल तथा पर्यटन व्यवसाय बन्द हुने स्थिति भएको र त्यसमा कार्यरत कर्मचारीहरु आ आफ्नो घर फर्कने अवस्था भएकाले ती कर्मचारीहरुका लागि नेपाल सरकारका यससँग सम्बन्धित निकायहरु जस्तै नाथम, पर्यटन मन्त्रालय, पर्यटन वोर्ड, घरेलु तथा साना उद्योग, नेपाल भ्रमण वर्षको सचिवालय आदिद्वारा विभिन्न खालका स्तरवृद्धिका तालिमहरुको आयोजना गर्ने व्यवस्था मिलाईदिनु हुन ।

८. बागमति प्रदेशभित्र रहेका १३ वटै जिल्लामा छरिएर रहेका होटल तथा पर्यटन क्षेत्रमा आवद्ध विभिन्न व्यवसाय तथा तीनका स्तर, स्वरोजगार एवं रोजगारी संख्या आदिको विस्तृत तथ्याँक अद्यावधिक गरी राज्यका सम्बन्धित निकायहरुसँ प्रत्यक्ष रुपमा जोडिने वातावरणको सिर्जना गर्न यस संघलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराईदिनु हुन ।

९. संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार मार्फत तर्जुमा गरिने होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित नीति नियम वा अन्य कानूनी व्यवस्थाको तर्जुमा गर्दा यस संघसँगको परामर्श वा तत् तत् कार्यका लागि गठन गरिने समिति तथा उपसमितिमा यस संघको समेत प्रतिनिधित्व गराउनु हुन ।

१०. सदैव सुगम स्थानमा मात्र होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने वर्तमान परिपाटीको अन्त्य र देशको सर्वांगिण विकासलाई मध्यनजर गर्दै देशका विभिन्न दुर्गम स्थानमा रहेका पर्यटकीय क्षेत्रहरुमा समेत वैज्ञानिक एवं आधुनिक स्तरका होटल तथा पर्यटन व्यवसायहरु सञ्चालनका लागि विद्यमान झण्झटिला कानूनी एवं प्रशासनिक प्रक्रियाहरुलाई सहज एवं सरल बनाई व्यवसाय विस्तारको वातावरण मिलाईदिनु हुन ।

११. पर्यटकीय क्षेत्रमा रात्रिकालिन शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायहरु सञ्चालनका लागि अनुकूल वातावरणको आवश्यक व्यवस्था मिलाईदिनु हुन ।

pokhara internet
Comments
Loading...