ICAS
Rara

मौसमले गर्दा तेश्रो दिनको प्याराग्लाइडिङ वर्ल्ड कप प्रतियोगिता रद्ध

केशव पाठक/पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२०’ अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ मौसमका कारणले तेश्रो दिन पनि रद्ध भएको छ ।

तेश्रो दिन क्रस कन्ट्रि अन्तरगत भएको ४० किलोमिटर ‘टास्क’का लागि उडान भरेको प्रतियोगी पाइलटहरुलाई मौसम खराब भएको संकेत पाउना साथ आयोजकले अवतरण गराएको थियो । विहान खराव रहेको पोखराको मौसम दिउसो खुलेको हुनाले आयोजकले प्रतियोगिता जारि राखेको थियो ।

govnotice

प्रतियोगिताका कम्पिटिसन डाइरेक्टर विमल अधिकारीका अनुसार दिउँसो १ बजे पछि उत्तिरी हावाको चाप संगै आँधी वेहरी चल्न थाले पछि आजको प्रतियोगिता रोकिएको हो । प्रतियोगिताको नियम अनुसार कम्तिमा पनि १ घन्टा उडान हुनुपर्नेमा ४५ मिनेटको मात्रै उडान भएपछि आजको समेत प्रतियोगिता समेत रद्ध गर्नुपरेको अधिकारीले बताए । “मौसमले अचानक चुनौती दियो वाध्य भएर प्रतियोगिता आजलाई पुनः रद्ध गर्यौ”-अधिकारीले भने । नेपाल सहित २० देशका ९२ जना पाइलटहरुले उडान भरे पनि अन्ततः सबैले खपौदीमा सकुशल अवतरण गरेका थिए ।

parichay

नेपालमा आयोजना भएको अहिले सम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामा मध्येको एक प्रतियोगितामा २० देशका ९२ जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताएका छन । नेपाली १३ जना सहित सहभागिता रहेको उक्त प्रतियोगितामा विदेशी ८ जना महिला खेलाडी पनि रहेका छन ।

नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशिया तिन देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यहि फागुन १७ गते सम्म संचालन हुने प्रतियोगिता अन्तरगत विश्वकप टुरका लागि र नेपाल तर्फको च्याम्पियनशिपमा विजेता खेलाडीलाई पुरस्कृत गरिनेछ ।

एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वर्ल्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु समेत आयोजना गर्न स्विकृती दिएको हो । प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि भएको हो । विश्वकपको सुपर फाइनल भने सन २०२१ मा फ्रान्समा हुनेछ ।

pokhara internet
Comments
Loading...