ICAS
Rara

प्याराग्लाइडिङका सम्पुर्ण व्यवसायिक, सोलो र प्रशिक्षण उडान बन्द

पोखरा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना –कोभिड–१९) का कारण गण्डकी प्रदेश भित्र सञ्चालन भएका प्याराग्लाइडिङका सम्पुर्ण व्यवसायिक, सोलो र प्रशिक्षणका उडानहरु बन्द हुने भएका छन् । व्यवसायिक प्याराग्लाइडिङहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था –ना) ले विश्वमा फैलिएको कोरोनाका कारण चैत १० गते देखि २१ गते सम्म कुनै पनि व्यवसायिक उडान (टेन्डम), सोलो र प्रशिक्षणका कुनै पनि उडान नर्गन आफ्ना मातहातका सम्पुर्ण व्यवसायी र पाइलटहरुलाई आग्रह गरेको छ ।

parichay

संस्थाका महासचिब बलराम आचार्यले सम्पुर्ण व्यवसायी र पाइलटहरुलाई परिपत्र गर्दै कोरोना सचेत रहन आग्रह गर्दै सूचनालाई अटेर गर्दै कसैले उडान गरेमा नियमानुसार कार्वाही समेत गरिने उल्लेख गरिएको छ ।

govnotice

हाल पोखरामा करिब ६० व्यवसायिक प्याराग्लाइडिङ कम्पनी र ३५० भन्दा बढी पाइलटहरु कार्यरत रहेका छन् ।

pokhara internet
Comments
Loading...