NTHMC

बसमा महिलाको कपालमा वीर्य स्खलन गर्ने युवा पक्राउ

काठमाडौं । प्रहरीले अघिल्लो वर्ष सार्वजनिक यातायातमा महिलाको कपालमा वीर्य स्खनल गरेको आरोपमा पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले भरतपुर, विकास चोक बस्दै आएका २१ वर्षीय रविन सार्की भन्ने चाललाई सोमबार साँझ चितवनबाट पक्राउ गरेको गरी सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी शहकुलबहादुर थापाका अनुसार लामो अनुसन्धानपछि उनलाई पक्राउ गरिएको थियो । रुचालविरुद्ध मंगलबार विद्युतीय अपराध ऐनअनुसार जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

roma
parichay

रुचालले सार्वजनिक स्थानमा अपाच्य हर्कत मात्र गरेनन्, भिडियो पनि खिचेर ‘ट्रोलर’ फेसबुक च्याट ग्रुपमा अपलोड गरिदिए । ‘वुमनस् वारियर’ नामक सार्वजनिक फेसबुक ग्रुपमा पोष्ट गरिदिए । त्यसपछि गत वर्ष पुसमा भिडियो भाइरल बन्यो ।

ICAS

उनले भिडियो भने साउनमा नै खिचेका थिए । युवाबीच अश्लिल कुराकानी र भिडियो आदनप्रदान हुने समूहमा भिडियोबारे महिला अधिकारकर्मीले थाहा पाएपछि विरोध गरे ।

pokhara internet
Comments
Loading...