ICAS

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थगित परीक्षा फागुन २५ मा

पोखरा/

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिने मास्टर्स अफ डक्टरेट (एमडि) र मास्टर्स अफ सर्जन (एमएस) को परीक्षा फागुन २५ गते गर्ने भएको छ । प्रतिष्ठानका डीन डा. नरेन्द्रबिक्रम गुरुङ्ले एक सूचना प्रकाशित गरी आउँदो आईतवार परीक्षा लिईने जनाएका छन् ।

Parichay
Infomatics

यस अघि फागुन १० गतेको परीक्षा प्रतिष्ठानले स्थगित गरेको थियो । प्रश्नपत्र बाहिरिएको भन्दै केही परीक्षार्थीले परीक्षा बहिष्कार गरेपछि अनिश्चतकालका लागि स्थगित गरिएको थियो । एक हप्ता अघि निकालिएको सूचनामा परीक्षा आउँदो आईतवार २ बजेदेखि ४ बजेसम्म हुने उल्लेख छ ।

आईतवार हुने परीक्षाको केन्द्र पनि फरक ठाउँमा तोकिएको छ । फागुन १० गतेको परीक्षामा अमरसिंह माविमा कायम गरिएको परीक्षाको केन्द्र आईतवारको परीक्षाको लागि पोखराको फुलवारी स्थित सैनिक आवासीय विद्यालयमा तोकिएको छ ।

प्रतिष्ठानले लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि आवेदन माग गरेको थियो । प्रतिष्ठानका अनुार १ हजार ३७ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसका लागि ४ हजार १ सय परीक्षा शुल्क तोकिएको थियो ।

 प्रतिष्ठानले नेपाल मेडिकल काउन्सिलको मापदण्ड पूरा गरेपछि पहिलो पटक एमडी र एमएसको पढाई हुन लागेको हो ।

नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्न स्वीकृति दिएको थियो । प्रतिष्ठानले जनरल सर्जरीमा र प्रसुति तथा स्त्रीरोगमा ४ र ४ वटा सीट संख्या छ । हाडजोर्नीमा ३, जनरल मेडिसिन २, बालरोग २ र ऐनेस्थेसियोलोजीमा २ गरी १७ सीटका लागि अध्यापन अनुमति पाएको हो ।

pokhara internet
Comments
Loading...