ICAS
Rara

खेलकुदको महाकुम्भ ओलम्पिक एकवर्ष पछि सर्यो

पोखरा/

विश्वभर फैलिएको कोभिड १९ काकारण विश्व खेलकुदको महाकुम्भका रुपमा रहेको ओलम्पिक एकवर्ष पछि धकेलिएको छ ।

govnotice

जापानको टोकियोमा यहि २०२० जुलाई र अगष्टमा तोकिएको ओलम्पिक खेलकुद रोकिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र जापान सरकारविच भएको सहमति अनुसार एकवर्ष पछि सार्न सहमत भएका हुन । यो संगै पाराओलम्पिक समेत एकवर्ष पछि सरेको छ ।

ओलम्पिकका लागि जापान सरकारले आफ्नो तर्फबाट तयारी गरिरहे पनि विश्वका १९० देशमा महामारीका रुपमा फैलिएको कोरोनाका कारण ओलम्पिक सरेको हो ।

parichay

नेपालले आफ्नो तर्फबाट केही खेलमा ओलम्पिकका लागित यारी गरिरहेको बताएको थियो । ओलम्पिकमा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउनका लागि तोकिएका छनौट खेलहरु पनि रद्ध भएका छन ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिब निलेन्द्रराज श्रेष्ठले धेरै देशले यसको विरोध भन्दापनि यो संकटको घडीमा सार्नपर्छ भन्ने नै रहेको बताए । उनले भने–“कोरोनको संक्रमण जुन रुपमा फैलियो, धेरै देशहरु सुरक्षित रहन लक डाउनको स्थितिमा छन” उनले थपे– “आइओसीका प्रेसिडेन्ट थमस बाख र जापानका प्रधानमन्त्री सिन्जो आबेका विच भएको सहमतिले एकवर्ष पछि सार्ने निधो भएको हो ।”

ओलम्पिक एकवर्ष सार्ने भनिए पनि मिति भने तय नभएको महासचिब श्रेष्ठले बताए । आइओसी र जापान सरकार ओलम्पिक खेल सन २०२१ को समरमा गर्ने मौखिक सहमति जनाएको उनले जानकारी दिए ।

ओलम्पिमा नेपालको सहभागिताका विषयमा केहीदिन अघि जापानी राजदुतसँग पनि युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको बताउँदै महासचिब श्रेष्ठले राजदुतसँग खेलाडीको स्वास्थ्य सुरक्षाका विषयमा सोधेको बताए । खेल भन्दा पनि जीवन र स्वास्थ्य महत्वपुर्ण विषय रहेकोले यो बेला सुरक्षित रहन आग्रह गर्दै ओलम्पिक एकवर्ष पछि सर्ने भएकोले नेपालले आफ्नो तयारीमा ध्यान दिने उनको भनाई थियो ।

pokhara internet
Comments
Loading...