NTHMC

‘पुरानो संसद् भवन भत्काउनू’

काठमाडौं । सिंहदरबारभित्र रहेको पुरानो संसद् भत्काउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको हो ।

parichay

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।
समिति सभापति कल्याणी कुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन् ।

roma

बैठकमा सांसदले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदासमेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सझावसमेत दिन नसकेको बताए। सांसद यज्ञराज सुनुवारले जीर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताए ।

pokhara internet
Comments
Loading...