ICAS
Rara

नेपाल टेलिकमले जति रिचार्ज गर्यो त्यति नै बोनस दिने

काठमाडौं । नेपाल टेलिकमले शतप्रतिशत बोनसको योजना कार्यान्वयनमा ल्याएको छ । मंगलबार नेपाल दुरसञ्चार प्राधिकरणले शतप्रतिशत बोनस उपलब्ध गराउन दिएको निर्देशन अनुसार टेलिकमले योजना अघि सारेको हो ।

अब टेलिकमको सिममा जति रकमको रिचार्ज गर्यो त्यति नै रकम बोनस प्राप्त हुनेछ । टेलिकमले प्रेस विज्ञप्ति प्रकाशित गर्दै चैत १३ गतेबाट एक हप्ता लागु हुने गरी शतप्रतिशत बोनसको योजना ल्याएको हो ।

govnotice
parichay

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार टेलिकमको प्रिपेड, पोष्टपेड तथा सिडिएमए नेटवर्कमा बोनस अफर लागु हुनेछ ।

यसरी प्राप्त गरिएको बोनसबाट नेपाल टेलिकमको नेटवर्क भित्र फोन गर्न, एसएमएस गर्न तथा इन्टरनेट चलाउन पाइन्छ । ५० र १०० रुपैयाँ रिचार्जबाट प्राप्त भएको बोनस २ दिनभित्र खपत गरिसक्नुपर्नेछ भने २०० र ५०० रिचार्जबाट प्राप्त हुने बोनस रकम ४ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । एक हजार रुपैयाँ रिचार्ज गर्दा प्राप्त हुने बोनस भने ६ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

विद्युतीय माध्यमबाट रिचार्ज गर्दा १० रुपैयाँदेखि ९९ रुपैयाँसम्म्को बोनस २ दिन र १०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा पाइने बोनस ४ दिनभित्र प्रयोग गरिसक्नुपर्छ । ५ सयदेखि ९९९ रुपैयाँसम्मको रिचार्ज गर्दा पाइने बोनस ८ दिने भित्र सक्नुपर्नेछ । त्यस्तै, एक हजार रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा पाइने बोनस भने १० दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।

pokhara internet
Comments
Loading...