ICAS
Rara

खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिरहेका छौं : राखेप सदस्यसचिव सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले देशका ७ सय ५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिपरेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्यसचिव सिलवालले सो कुरा बताएका हुन् ।

उनले खेलकुदको भौतिक पूर्वाधार तथा खेल गतिविधिमा सक्रिय हुनेलाई रकम समेत उपलब्ध गराइने तर कामै नगरी बजेट माग्नेलाई दण्डसजायको दायरामा ल्याइने चेतावनी समेत दिए ।

govnotice

उनले गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेकोसमेत बताए । राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० मा कुनै न कुनै खेल हुने उनले बताए । स्वीमिङ पुल निर्माणको लागि टेन्टर गरेर काम सुरु गर्ने, क्रिकेटको लागि एक हप्ताभित्र थप काम थालनी गर्ने, गल्फ कोर्सको लागि न्यूनतम २ होल निर्माण गरी प्राक्टिक्स सुरु गर्ने बताए । केही सरकारी स्कुल तथा कलेजमा रहेका ठूला खेल मैदान (पीएन, अमरसिंह स्कुल), प्रहरी र सेनामा रहेका खेलमैदान कसरी उपयोगी बनाउनेबारे सोचेको बताए । प्रतियोगितामा बढीमा ३५/३६ खेल हुने बताए । खेल पूर्व खेलकुद पत्रकार मञ्चसँग मिलेर पत्रकारको लागि तालिम आयोजना गरिनेसमेत प्रतिबद्धता व्यक्त गरे ।

यतिखेर देशभर कुनै न कुनै खेलकुद गतिविधि जारी रहेको भन्दै उनले यसबाट खेल, खेलाडीको विकास सहित आर्थिक गतिविधि चलायमान हुने बताए ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताए । सागमा नेपालको प्राप्त उपलब्धिको सधैँ गीत गाएरमात्र नहुने भन्दै उनले अब नवौंमात्र नभई आफू १० औं राष्ट्रिय खेलकुदलाई हेरेर योजना बनाएको बताए ।
अब हुने ओलम्पिक खेलका लागि स्वीमिङ र सुटिङका खेलाडी प्रशिक्षणमा रहेको जानकारी दिए ।

parichay

निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘अहिले कन्स्ट्रक्सन फेजमै छौं । आगामी चैतसम्म निर्माण पूरा हुनेछ ।’

त्यस्तै, आगामी फागुन २२ देखि हुने १८ औं संस्करणको आहारारा गोल्डकप समेत पोखरा रंगशालामै हुने जानकारी दिए । त्यसका लागि कम्तिमा १३ हजार सिट तयार भइसक्ने र बाँकी ३४ सय सिट समेत खेल अन्त्यसम्म निर्माण हुन सक्ने बताए ।

यसअघि, सिलवालले रंगशालाको कार्यप्रगतिबारे जानकारी लिएका थिए । आहारारा सुरुवात हुँदासम्म १३ हजार ७ सय सिट बस्नलायक हुने बताइएको छ ।

पूर्वाधार निर्माणपछि संरक्षण आवश्यक रहेको भन्दै पोखरा रंगशाला प्रवेशमा कम्तिमा केही न केही शुल्क लिनुपर्र्ने व्यवस्था गर्नुपर्ने बताए । उनले बिजेनस कम्प्लेक्सको अवधारणासमेत रहेको बताए ।

खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपालले गरेका थिए ।

pokhara internet
Comments
Loading...