ICAS
Rara

एनएमबि बैंकले ‘प्रोजेक्ट स्वरोजगार’ परियोजना अन्तरगत ५० जनालाई प्रशिक्षण दिने

काठमाडौँ । एनएमबि बैंकले सिरहामा ‘प्रोजेक्ट स्वरोजगार’ नामक परियोजना सञ्चालन गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरतग नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिति र क्षमता विकास गर्न प्रोजेक्ट स्वरोजगार सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।

parichay

सो परियोजनाको डिजाइन र व्यवस्थापन एनएमबि बैंक र ग्लोकल प्रालिको साझेदारीमा गरिएको हो ।
परियोजना सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गर्न डिजाइन गरिएको बैंकले जनाएको छ । तालिमको लागि उद्यमी संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्ये नजर गरी सहभागी छनौट गरिने छ । छनौट भएकाहरुलाई सम्बन्धित क्षेत्रका अनुभवी प्रशिक्षकहरुद्वारा प्रशिक्षण प्रदान गरिने छ ।

कार्यक्रममा सहभागी हुनका लागि फागुन २७ गतेसम्म स्थानीय एनएमबि बैंकको शाखा र अन्य सरोकारवालाको कार्यालयमा आवेदन दिन सकिने जनाइएको छ । तालिम चैत ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिने छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?