ICAS
Rara

पोखरामा एनएमबि बैंकको वित्तिय साक्षरता अभियान

पोखरा । एनएमबि बैंक लिमिटेडले शुक्रबार (आज) बैंकबाट प्रदान गरिने सेवा प्रावहको बारेमा पोखराका विभिन्न ठाउँहरुमा प्ले कार्ड सहित वित्तिय साक्षरता अभियान सम्पन्न गरेको छ । नगरवासीलाई बैंकसम्म पहुँच बिस्तार गर्ने तथा वित्तिय सुधारका बिषयमा जनचेतना फैलाउने उद्देश्यले विक्तिय साक्षरता अभियानको आयोजना गरिएको हो ।

चिप्लेढुङ्गाबाट बिहान ९ बजेदेखि सुरु भएको उक्त अभियान न्यूरोड, सभागृह, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, नदीपुर, बगर, विन्ध्यवासिनी, भैरव टोल हुँदै पुनः चिप्लेढुङ्गमा समापन भएको एनएमबि बैंक लिमिटेडडका सिआईओ सुदेश उपाध्ययले जानकारी दिए ।

govnotice

एनएमबि बैंकको गण्डकी प्रदेशका प्रमुख श्री गणेश पराजुलीले समृद्ध नेपाललका लागि विक्तिय साक्षरताको महत्वमाथि प्रकाश पार्दै बैंकले आफ्नो सँस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट यस्तो अभियान गरेको उल्लेख गरे । पोखरा महानगर र यसको आसपासको क्षेत्रमा रहेका जनताहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि बैंकले यस किसिमका कार्यक्रमहरु सन्चालन गर्ने पराजुलीले बताए ।

parichay

अभियानमा बचत गर्ने बानी बसालौ, तपाईको बचत हाम्रो सुरक्षा, बैकिङ्ग सुविधाको प्रयोग गरौँ, आजको बचत भोलिको समृद्धिको आधार, आजको लगानी भोलिको सुनौलो बिहानी, समस्या पूर्व सूचना दिएर आउँदैन त्यसैले समयमै तयार रहौँ, अबैध विक्तिय कारोवार नगरौँ, नोट सफा राखौँ केरमेट नगरौँ लगायतका जनचेतना मूलक प्ले कार्ड सहित अभियान आयोजना गरिएको थियो ।

एनएमबि बैंकले हाल देशभरि १६३ शाखा, १३१ एटिएमहरु, ५ एक्टेन्सन अफिसहरु, ३००३ क्यूआर र ३५८ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन २०१७ र २०१८ मा लगातार ‘बैंक अफ द इयर’ सम्मान समेत प्राप्त गरेको छ ।

 

pokhara internet
Comments
Loading...