NMB Bank

विश्व ट्रेल रेसकी उत्कृष्ट धाविका मिरा भन्छिन–‘विश्व स्तरिय ट्रेल रेस नेपालमा हुनु गौरवको कुरा’

कास्कीको माछापुच्छ्रेमा विश्व ट्रेल रेसको ग्राण्ड फाइनल हुने

केशब पाठक,
पोखरा,
अष्टमीको दिन दशैंले झ्यापै ढाकेको तर एका विहानै विश्वकी उत्कृष्ट महिला धाविका मिरा राई टुपुल्कै पोखरामा देखा परिन । भूतपूर्व खेलाडी मंच नेपालले मिरा पोखरा आएको थाहा पाएर उनलाई शुभकामना दिन कार्यक्रममा बोलाएको थियो ।

मिरा त्यसै पोखरा आएकी होइन रहिछन । उनी ठूलो जिम्मेवारी बोकेर पोखरा झरेकी हुन । गण्डकी प्रदेशको मुख्य पर्यटकिय गन्तव्यमा आयोजना हुने ट्रेल रेसको तयारी गर्न उनी यहाँ आएकी हुन ।

मिरामा एक प्रकारको जोश छ । कुरा गर्दा पनि आफू भित्र लुकेको त्यो जोश प्रकट हुन्छ । विश्व स्तरिय ५५ किलोमिटर ट्रेल रेसको गोल्डेन सिरिज अन्तरतको ग्राण्ड फाइनल माछापुच्छ्रे गाउँपालिकामा यहि अक्टोबर २५ अर्थात कार्तिक ८ गते हुदैंछ । ६ वटा देशमा सम्पन्न यो दौडको सिरिज अन्तरगत अन्तिम फाइनल चरणमा पुगेका २० जना उत्कृष्ट धावक नेपालमा अन्तिम भिडन्त हुनेछ । जसमा मिरा राई पनि सहभागिता जनाउने छिन । यो दौड धम्पुस बाट शुरु भएर मर्दी हिमाल हुँदै भएर धम्पुसमानै पुगेर सकिनेछ ।

त्यसै गरि १०० किलोमिटर र ४२ किलोमिटरको ट्र्ल रेस कार्तिक ९ गते हुनेछ । १०० किलोमिटरको दौड धम्पुस बाट शुरु भएर मर्दि हिमाल हुँदै लुम्ले, पञ्चासे हुँदै पोखरा लेकसाइडमा पुगेर सकिनेछ भने ४२ किलो मिटर ट्रेल रेस माछापुच्छ्रे वडा नं ८ लुम्रे बाट शुरु भएर धम्पुसमा पुगेर सकिनेछ । तर कास्कीको माछापुछ्रे गाउँपालिकामा हुने यो यो रेस बारे भने कमैलाई थाहा छ ।

१२०० मिटरको उचाई बाट सुरु हुने दौड ४३०० मिटरको मर्दी हिमाल छिचोल्न धावकहरुलाई निकै शकस पर्ने मिरा सुनाउँछिन । यस्तो उचाई संसारको अन्य देशमा कतै नभएको उनको भनाई छ । उनी भन्छिन–‘अन्य मुलकमा १ हजार मिटरको उचाई हुँदा दङ पर्छन आयोजक र खेलाडी तर यो पटक धावकहरुलाई ४३०० मिटर उचाई छुँदा कस्तो होला भन्ने हामी अनुभुती गर्न सक्छौं ।’

समथर भन्दा डाँडा काँडामा दौडदा आफ्नो शरिर कपास झैं हलुङ्गो बन्ने गरेको उनको भनाई छ र्। हामी त्यस्तै ठाउँमा जन्मियौं हुर्कियौ त्यही भएर पनि होला मलाई त डाँडा पहाडमा दौंडदा सहज लाग्छ ।’ ४२ किलोमिटर दौडमा विश्वका विभिन्न देशमा सम्पन्न भएका ट्रेल रेस बाट छानिएका १० जना महिला र १० जना पुरुष सहभागिता रहनेछ । यो संगै विभिन्न देशका अन्य ट्रेल धावकहरु  नेपाल आइपुग्ने छन ।

५५ र ४२ किलोमिटर दौडमा नेपाली यूवा धावकहरु समेतको सहभागिता रहनेछ । १० महिला र १० पुरुष धावकहरुलाई आफ्नौ संस्था ट्रेल रन नेपाल मार्फत मिराले प्रशिक्षण दिइरहेकी छन । उक्त संस्था नेपालमा हुन गइरहेको ट्रेल रेसको आयोजक समेत हो । यूवाहरुलाई यस्ता खेलकुदमा आर्कषित गर्न सके मात्रै उनीहरुको जिवन सफल र व्यवसायिक बन्न सक्ने उनको तर्क छ । ‘केही संस्थाहरुले ति धावकहरुलाई दौडदा लगाउने जुता वा अन्य कुरा हरु सहयोग गरिदिए हुन्थ्यो’ उनले भनिन–‘म सबैलाई ति यूवा धावकहरुलाई सहयोग गर्न आग्रह गर्छु ।’

आफै दौडने र आफै आयोजक हुँदा केही समस्या रहेकोले सबैलाई सहयोग गर्न उनले आग्रह गरिन । मंचका पदाधिकारी संग भेट्नु अघि उनी एका विहानै दौडदै सराङकोट पुगेर आफ्नो सहभागिताको तयारी पनि गर्दैथिइन । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ र वडा नं २ का अध्यक्ष विक्रम गुरुङले मिरालाई मंचको टोली संग भेटाएको थियो । माछापुछ्रेमा हुने यो दौड बारे गाउँपालिकाले चासो दिएको अध्यक्ष गुरुङले बताए । उनले यो रेसले विश्वमा नयाँ आयाम थप्ने बताउँदै अध्यक्ष गुरुङले भने–‘विश्वस्तरिय धावकहरु नेपाल आउँदैछन, यो देश चिनाउने बेला मात्रै होइन म्याराथन र ट्रेल रेसको कल्चर अब गण्डकी प्रदेश बाट शुरु हुनेछ ।’

यो रेस बारे समेत भूतपूर्व खेलाडी मंचका अध्यक्ष तथा नेपाल ओलेम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ समेत निकै आशाबादी देखिएका छन । अध्यक्ष गुरुङ सहित मंचका पदाधिकारीहरुले धाविका मिरालाई स्वागत गर्दै विश्वमा चिनिएकी नेपाली धाविका मिरा संग भेटन पाउँदा खुसी लागेका बताए । सो अबसरमा अध्यक्ष गुरुङले भने–‘मिरा संगको सहकार्यमा नेपालमा म्याराथन संस्कृतीको जग बसाल्न आगामी दिनमा मंचको महत्वपूर्ण भूमिका रहने छ ।’ अध्यक्ष गुरुङले आवश्यक परे कार्तिक ८ गते हुने रेसमा मंचले स्वयसेवीको भूमिका निर्वाह गर्ने समेत बताए ।

माछापुच्छ्रे गाउँपालिका वडा नं २ का अध्यक्ष विक्रम गुरुङले फ्रिडम एडभेन्चरले खेलाडीका लागि ‘लोजिष्टिक’ सेबा उपलव्ध गराउने बताए । उक्त संस्था संथ आवद्ध रहेका अध्यक्ष गुरुङले यस प्रकारको विश्व स्तरिय ट्रेल रेसले गण्डकी प्रदेशको खेलकुद पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने बताए । ‘यो हाम्रो गाउँपालिकाको मात्रै नभई समग्र प्रदेशलाई प्रवर्धन गर्न ठूलो सहयोग पुग्नेछ ।’

यो ट्रेल रेसको छायाकंन गर्न विश्वका विभिन्न टेलिभिजन च्यानल र संचार माध्यमका पत्रकारहरु समेत पोखरा आउने भएका छन । यो ठूलो अबसर भएकाले पनि यो रेस सफल बनाउन मिराले सबै संग आग्रह गरेकी छन ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?