NTHMC

मिर्गौला पिडित मनिषालाई उपचारका लागि यूके बाट आर्थिक सहयोग

केशव पाठक/ पोखरा,
मादी गाउँ पालिका वडा नं ७ भर भई हाल पोखरा १३ बाँझापाटन बस्ने मिर्गौला पिडित मनिषा गुरुङलाई उपचार सहयोगका लागि यूके बाट आर्थिक सहयोग प्राप्त भएको छ ।

उक्त सहयोग रकम तमु धीं यूकेका संस्थापक अध्यक्ष तथा समाजसेवी मिन गुरुङ ‘सिक्लेशी’ले यूके बाट प्राप्त सहयोग नगद रकम १ लाख ५९ हजार ८ सय ४० रुपैंया मिगौला पिडित मनिषाकी आमा सुन देवी गुरुङलाई हस्तान्तरण गरेका छन ।

roma

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै तमु र्धी यूकेका संस्थापक अध्यक्ष गुरुङले विदेशमा रहेर पनि यसरी मातृभूमीमा सहयोग गर्न पाउनु गर्वको विषय रहेको बताए । “मानविय सेवाको अभियान अन्तरगत हामीले यो रकम उठाएका थियौं । मनिषालाई सिघ्र स्वास्थलाभ मिलोस, छिट्टै आफ्नो नियमित काममा फर्कन सकुन हामी सबैको आर्शिवाद छ ।”

ICAS
parichay

उक्त सहयोग रकम संकलन गर्ने अभियानमा सिक्लेश पार्चे समाज यूकेका अध्यक्ष कोल प्रसाद गुरुङ र महासचिब टंक मार्टीन गुरुङ जुटेको तमु धीं यूकेका संस्थापक अध्यक्ष गुरुङले बताए । यूके बाट २६ जना महानुभावले मनिषाको उपचारका लागि सहयोग गरेको उनले बताए ।

सो अवसरमा मनिषा गुरुङ बचाउ अभियानका अध्यक्ष ईन्द्र बहादुर गुरुङले मानविय सेवाका लागि सिक्लेश पार्चे समाज र सहयोगीहरुलाई धन्यबाद दिएका छन । सोही अभियानका कोषाध्यक्ष रोबिन गुरुङले हाल सम्म उनको उपचारका देश विदेश बाट ५० लाख संकलन भइसकेको जानकारी दिए ।

मनिषाकी आमा सुनदेवीले छोरीको हाल ग्राण्डी अस्पताल काठमाडौमा उपचार भइरहेको बताइन । उनका बुबा नेत्र बहादुर गुरुङले छोरीलाई मिर्गौला दान गर्ने तयारी भइरहेको समेत उनले बताइन ।

pokhara internet
Comments
Loading...