ICAS
Rara

वेगनास किनारमा दोश्रो वेगनास कपमा पहिलो चरणका समिकरण पुरा

पोखरा, वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको तेस्रो दिन ६ खेल सम्पन्न भए संगै पहिलो चरणका समिकरण पुरा भएको छ । सोमवार भएको खेलमा आयोजक वेगनास ‘सि’ का सुदेश गुरुङले प्रतियोगितामा पहिलो ह्याट्रिक दर्ता गर्दै पचभैया प्रगतिशिल लाई पराजित गरेको छ । खेलमा पचभैयाले सान्त्वना १ गोल गरेको थियो ।

त्यस्तै मेरो नेपाल युवा क्लव मझेरिपाटन र सबिन मेमोरियल एफ सि बिचको खेल एक एक को वरावरीमा सकिएपछि खेल टाईबेकरमा पुगेको थियो। टाईव्रेकरमा शुन्यका विरुद्ध २ गोल गर्दै सबिन मेमोरियल अर्को चरण प्रवेश गरेको हो । प्रतियोगितामा पाटन एफसि टुडिखेलले वाकओभर दिदा ड्यामसाईड युवा क्लव सिधै अर्को चरणमा प्रवेश गरेको हो ।

govnotice
parichay

निकै प्रतिस्पर्धात्मक खेलमा नर्सरी एफ सि लाई योङ्ग स्टार युवा क्लव ‘ए’ बिजयपुरले शुन्यका विरुद्ध २ गोल गर्दै अर्को चरण प्रवेश गरेको छ भने योङ्ग स्टार ‘बि’ समूह लाई हिमाल एन्ड रक्ष मेमोरियल ‘बि’ ले २- १ गोलले पराजित गर्दा आयोजना वेगनास ‘ए’ ले हिमालय ज्योति युवा क्लवलाई १-o गोलले हराएको हो । वेगनासको जितमा राजकुमार कुवरले निर्णायक गोल गरेका हुन ।

प्रतियोगितामा मंगलबार देखि प्रि क्वाटरका ४ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन ।

यस क्षेत्रकै सर्वा्धिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख्य साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन् । प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५–५ हजार प्राप्त गर्नेछन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?