ICAS
Rara

दोश्रो वेगनास कप जारी, आईतवार ६ खेल सम्पन्न

पोखरा, वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको दोश्रो दिन ६ खेल सम्पन्न भएका छन् ।

आईतवार भएको पहिलो खेलमा एन.जि.वाई सिले खेलको पहिलो मिनेटमै १ गोल हानेर पावरजिमलाई दबाबमा राखेको थियो । त्यसको केही मिनेटमै पावरजिमले अर्को गोल गर्दै खेल वराबरीमा ल्याएको थियो । दुई गोलको वराबरीले गर्दा खेल टाईबेकरमा पुगेको थियो । टाईवेकरमा ६–५ ले एन जि वाई सि अर्को चरण प्रवेश गरेको छ ।

govnotice

त्यस्तै अर्को खेलमा हिमाल एन्ड रक्ष मेमोरियल ‘ए’ ले नौलोतारा क्लव लाई शुन्यका विरुद्ध ३ गोलले सहजै हराउदा हिमाल एन्ड रक्ष मेमोरियल सि ले वेगनासताल मत्स्य ब्यबसायी संग कठिन ३–२ को जित निकालेको थियो ।

parichay

प्रतियोगिताको चौथो खेलमा मार्ली एफ सिले वाक ओभर दिंदा बौद्ध शान्ति युवा क्लव सिधै अर्को चरण प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा शुक्लागण्डकी क्लवलाई बेगनास रेडले ३ शुन्य गोल अन्तरले सजिलै पाखा लगाउदा राईजिङ स्टारले शान्तिदिप माथी ३–२ को कठिन जित हात पारेको छ ।

पहिलो हाफ गोलरहित वराबरीमा सकिए पनि दोश्रो हाफको केही मिनेटमै शान्तिदिपले एक गोल गर्दै अग्रता लिएको थियो । तर उसको अग्रता केही मिनेटमा राईजिङले एक गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । दुबै तर्फवाट कुनै गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको हो। प्रतियोगितामा सोमबार ६ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन ।

यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख्य साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन्। प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५–५ हजार प्राप्त गर्नेछन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?