quantum
Sag

घान्द्रुक नजिकै हुडुमा जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुक नजिकै हुडुको भीरमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोही गाउँपालिकाको छोम्रुङ जादै गरेको ग १ ज ५१९७ नम्बरको जिप दुर्घटना हुँदा चालक भिम बहादुर खत्रीको घटनास्थलमा मृत्यु भएको छ ।

मत्क्यु जादै गर्दा घान्द्रुक गाउँ मुनि अन्नपूर्ण गाउपालिका ११ हुँदुको भीरमा अन्नपूर्ण घोरेपानी यातायात प्रालिद्वारा सञ्चालित जिप भिरबाट तल खस्दा जीप चालक अन्नपूर्ण गाउापालिका ५ झोवाङका विष्णु भन्ने भिम बहादुर खत्रीको घटनास्थलमा मृत्यु भएको स्थानिय अन्तिम विकले बताए ।

स्थानीयका अनुसार उक्त जीप मत्क्यु भन्ने ठाउँमा पर्यटक लिन जाँदै गर्दा तीव्र गतिका कारण भिरबाट तल खसेको अनुमान गरिएको छ ।

जिप करिव ६५ मीटर सडकबाट तल खसेको छ, भने चालक जिपबाट १० मिटर पर मृत्यु भएको अवस्थामा भेटिएको थियो । प्रहरीको उद्धार टोली घटनास्थलमा जाँदै छ । घटनाको विस्तृत विवरण केही बेरमा प्राप्त हुनेछ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?