हतियार सहित बाबुछोरा पक्राउ

काठमाडौं : सोलुखुम्बु, खुम्बुपासाङ ल्ह्यामु गाउँपालिका-१ बुप्सा बस्ने ७४ वर्षीय तिलक बहादुर राई र उनकै छोरा ४१ वर्षीय मानबीर राईलाई १ थान भरुवा बन्दुक, १ वटा घोरलको छाला, २ थान मृगको खुट्टा र दुम्सीको काडाहरु सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको उक्त हतियार तथा सामान फेला पारेको हो।

अछाम, तुर्माखाँद गाउँपालिका-६ स्थित सेलागढी वनजंगलको ओडारमा लुकाई राखेको १ थान भरुवा बन्दुक फेला पारी सोमबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको  हो।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

 

pokhara internet
Comments
Loading...