कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धी नेपाल टेलिभिजन र भूमि व्यवस्थाविभागबीच सम्झौता

 काठमाडौं :  नेपाल टेलिभिजन र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धी पहिलो  पटक सहकार्य र सम्झौता भएको छ ।

नेपाल टेलिभिजनमा भएको ‘भूमि प्रशासनमा प्रविधि र सुशासन’ नामक कार्यक्रम महिनाको तेस्रो शुक्रबार प्रसारण हुने गरी सम्झौता भएको थियो।  कार्यक्रम सूचना, सन्देश र जानकारी मूलक हुने बताइएको छ।

सम्झौता पत्रमा नेपाल टेलिभिजनका तर्फबाट महाप्रवन्धक गोविन्द रोका र विभागका तर्फबाट महानिर्देशक शेषनारायण पौडेलले  हस्ताक्षर गरे।

ICAS

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले नागरिकका प्रत्यक्ष सरोकार जोडिएका कार्यालयले ल्याएका सुधारको योजनाले मुलुकमै शुसासन स्थापित गराउन सहज हुने धारणा राख्नुभएको थियो।

pokhara internet
Comments
Loading...