पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कार, मन्त्री गुरुङले गरे सम्मान

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव इन्द्र पौडेल सम्मानित भएका छन् । सहारा क्लब पोखराको २२औं वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार पत्रकार पौडेललाई प्रदान गरिएको हो । नगद २० हजार ५ सय रुपैयाँ, ताम्रपत्र तथा दोसल्लाद्वारा उनलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सम्मान गरेका हुन् ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा योगदान पुर्‍याउने र विशेषगरी खेलकुद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले आफ्नो स्थापना दिवसको अवसरमा विगत १५ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

roma

क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

ICAS

सोही अवसरमा मन्त्री गुरुङले क्लबका सदस्य प्रकाश राना मगरलाई क्लबको उत्कृष्ट सदस्यको रूपमा सम्मानित गरेका छन् । रानाले क्लबका लागि उत्कृष्ट योगदान दिएकोले सम्मान गरेको हो । क्लबले सो अवसरमा वार्षिक वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

parichay

सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सहारा क्लब पोखरा खेलकुदको पर्याय शब्द रहेको बताए । उनले भने, ‘यहाँको खेलकुद विकासका लागि सहारा उदाहरण मात्रै होइन, खेलकुदको पर्याय बनेकोले सहाराको योगदान महत्वपूर्ण छ ।’ गण्डकी प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरे पनि कोभिड १९ को प्रभावका कारणसँगै खेलकुद विधेयक आउन ढिलाई भएकोले केही समस्या रहेको उनले बताए ।

मन्त्री गुरुङले गण्डकी प्रदेशको खेल विकासको लागि सरकारी निकायसँग सबै खेलकर्मी बसेर छलफल गर्दै अघि जानुपर्ने कुरामा समेत जोड दिँदै गण्डकी प्रदेशको खेलकुद पर्यटनसँग गाँसिएकोले त्यसतर्फ सबैको ध्यान जानुपर्ने कुरा उल्लेख गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले सहाराले यस क्षेत्रमा खेलकुद र सामाजिक अभियानमार्फत पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उनले गण्डकी प्रदेशमा सहारा फुटबलको पर्याय रहेकोले पनि अब राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न र आफ्नो योजनालाई त्यही रूपमा अघि बढाउन आग्रह गरे । उनले भने, ‘यदि सहाराले आफ्ना योजनाहरूलाई अघि बढाउँछ भने परिषद सहयोगका लागि सँधै सँगै हातेमालो गर्दै अघि बढ्नेछ ।’0

त्यस्तै क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताए । सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले दस हजार रुपैयाँ सहयोग समेत गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, सम्मानित पत्रकार इन्द्र पौडेल, क्लबका अध्यक्ष केशव बहादुर थापा लगायतले आफ्नो भनाइ राखेका थिए ।

pokhara internet
Comments
Loading...