ICAS

रेष्टुरेण्टमा काम गर्ने महिला कर्मचारी भन्छन्, “काम गरेर खान के को लाज”

सन्तोष बस्याल

पोखरा / 

Parichay
Infomatics

भविष्य खोज्दै गाउँदेखि शहर पसेका थुप्रै महिला पर्यटन व्यवसायमा आबद्ध छन् । कोही यही पेशालाई सञ्चालन गरेर बसिरहेका छन् भने कोही पर्यटन व्यवसायकै क्षेत्रमा मजदुरी गरिरहेका छन् । पोखराका रेष्टुरेण्टमा १८ वर्ष देखि ३० वर्षको उमेर समुहका महिला कामदारहरुको संख्या धेरै छ । सिकाईको अनुभुlत संगाल्न होस् या बिहान बेलुकी दुई छाक टार्न होस् होटल, रेष्टुरेण्टमै उनीहरु हात पाखुरा बजाlररहेका छन् ।

पर्यटन क्षेत्रमा कार्यरत महिलाहरुले भोग्नुपरेका समस्याका बारेमा बेलाबेलामा समाचारहरु प्रकाशन प्रसारण नभएका होइनन् । यसैक्रममा पोखराको मुग्लान रेष्टुरेण्टमा वेटर र कुकमा काम गर्ने महिलाहरुको अवस्था कस्तो छ ? वास्तवमै उनीहरुको काम कस्तो छ ? उक्त कामबाट उनीहरु कत्तिको सन्तुष्ट छन् ? महिला भएकै कारण लिङ्गका आधारमा भेदभाव गर्नुपरेको अवस्था छ कि छैन ? भन्ने विषयमा हामीले एक रिर्पोट तयार पारेका छौ :

चाउथे स्थाई घर भएकी चन्द्रकला त्रिपाठी विगत पाँच महिनादेखि मुग्लान रेष्टुरेण्ट एण्ड बार सभागृह मिडटाउनमा वेट्रेस पदमा कार्यरत छिन् । २३ वर्षकी त्रिपाठी कामबाट सन्तुष्ट छिन् । पारिवारिक वातावरणमा काम गर्ने अवसर मिलेकाले महिला भएकै कारण अफ्ठयारो नभएको उनी बताउँछिन् । तलबको विषयमा बुझ्दा उनले समयमा पाएको बताइन् । कहिलेकाहिँ ढिलोचाँडो हुनु स्वभाविक भएको उनको तर्क थियो । तलबमा सिनियर जुनियरका हिसाबले तलमाथि भएपनि भेदभाव भने नभएको उनले बताइन् ।

होटल, रेष्टुरेण्ट लाइनमा महिलाहरु काम गरेको समाजमा नराम्रो सोच्ने प्रवृति गाउँमा भएपनि पछिल्लो समय सुधार हुँदै गएको उनी पाउँछिन् । वेट्रेस गर्दा तपाईलाई लाज लाग्दैन भन्ने प्रशनमा उनी भन्छिन्,“काम गरेर खान के को लाज” । सुरक्षाका दृष्टिकोणले रेष्टुरेण्ट लाइनमा काम गर्दा आफुले कठिनाई भोग्न नपरेको त्रिपाठी बताउँछिन् ।

मुस्ताङकी तुमसान गुरुङ मुग्लानमै कुकको काम गर्छिन् । उनी आफ्नो पेशाबाट सन्तुष्ट छिन् । भन्छिन्, “अरु रेष्टुरेण्ट भन्दा मुग्लान फरक छ । समयमै तलब पाइन्छ । आफ्नै परिवार जस्तो व्यवहार गरिन्छ । काममा आनन्दको महशुस हुन्छ ।” महिला भएकै कारण भेदभाव उनले खेप्नुपरेको छैन । बरु पुरुष कर्मचारी बाटै उनले सहयोग पाएकी छिन् । २३ वर्षकी गुरुङ पर्यटन क्षेत्रमा काम गर्न पाउँदा खुशी अनुभुती साट्छिन् । भन्छिन्, “यो पेशा राम्रो छ । काम गर्नुपर्यो त्यति हो ।”

गुल्मी स्थाई घर भई पोखरा रानीपौवा बस्दै आएकी तारा प्रसाई मुग्लानमा वेट्रेस पदमा आबद्ध छिन् ।  उनी पनि आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछिन् । महिला भएकै कारण आफुलाई अहिले सम्म कुनै समस्यामा नपरेको उनले बताइन् ।

तस्बिर : मुग्लान रेष्टुरेण्टको फेसबुक पेजबाट

pokhara internet
Comments
Loading...