ICAS
Rara

ग्ण्डकी प्रदेश क्रिकेट लिगः बाग्लुङ्ग ५८ रनले विजयी

पोखरा, सुवाश भण्डारीले ९० रनको पारी खेलेपछि बागलुङ्गले पोखरामा जारी गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट एकेडेमिको आयोजनामा बिहीबार भएको खेलमा बाग्लुङ्गले स्याँग्जालाइ ५८ रनले पराजित गरेको हो ।

टस जितेर व्याटिङ्ग गरेको बागलुङ्गले पुरा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको पा¥यो । बाग्लुङ्गको तर्पmबाट सुवासले १ सय ३ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्धतमा अभिजित ९० रन बनाए । त्यस्तै अनिल आचार्यले २३ रन जोेडे ।

aama movie

स्याँग्जाको बलिङ्गमा संदिप पराजुली र जनक भट्टराईले २÷२ विकेट लिए । किरण भट्टराईले पनि एक विकेट लिएका थिए ।

जितका लागि १ सय ९५ रनको लक्ष्य पछ्याएको स्याँग्जा ३३.४ ओभरमा १ सय ३६ रनमै समेटियो । स्याँग्जाको पारीमा सौजन्य रेग्मीले ३९, किरण भट्टराईले १८ तथा गणेश बस्यालले १७ रन जोडे । बाग्लुङ्गको बलिङ्गमा सुवास भण्डारी र सिमोन पौडेलले समान ४–४ विकेट लिए भने सचिनराज अधिकारलाई १ विकेट मिलेको थियो ।

खेलमा ९० रन र ४ विकेट लिएका बाग्लुङ्गका सुवास भण्डारी म्यान अफ द म्याच भए । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले उनलाई म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगितामा शुक्रबार बाग्लुङ्ग र कास्की ‘बि’विच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक चन्द्रबहादुर गुरुङ्ग जिम्मीले जानकारी दिए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?