गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

पोखरा /
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा संक्रमित थपिएका हुन् । प्रदेशको ३ जिल्ला बागलुङमा ८ जना, स्याङजामा २२ जना र नवलपुरमा २ जना थपिएका हुन् । हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यत्तिहरु आईसोलेसनमा रहेको र अन्य लाई भने सम्बन्धित जिल्लाहरुमा रहेको आईसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी गराइएको छ ।

parichay

pokhara internet
Comments
Loading...