नेत्रबहादुर श्रेष्ठका मुक्तक

मुक्तक/ 

१.
कोही यहाँ देशका लागि लडिरहेका छन्
कोही यहाँ देशका लागि सुतिरहेका छन्
आफूलाई बिर्सिएर अरूलाई मात्र सोच्ने
कोही यहाँ देशका लागि मरिरहेका छन् ।।

२.
कहीँ खुसीको दियो बलेको छ
कहीँ विरोधको आगो बलेको छ
जति नै देशमा परिवर्तन भए पनि
सदा नेपाली जनता पछि परेको छ ।।

ICAS

३.
दम्भको आगोमा जुँगाको लडाइँ भाको छ
साँढेको लडाइँमा बाच्छोको मिचाइ भाको छ
बुद्धिको घैँटामा घाम नलागी अस्ताई दिँदा ,
अवसरवादीलाई मेरै गोरुको बाह्रै टक्का भाको छ ।।

pokhara internet
Comments
Loading...