ICAS
Rara

कोरोना संक्रमित क्षेत्रबाट आए १ सय ७५ नेपाली

काठमाडौं/

चीनको बुहान प्रान्तमा अत्यासिँदै बसिरहेका नेपाली नेपाल आएका छन् । कोरोना भाईरसको सँक्रमण शुरु भएको मानिने बुहानबाट नेपाल सरकारले १ सय ७५ नेपालीको उद्दार गरेको हो ।

govnotice

नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको जनाईएको छ ।

उनीहरुलाई लिन विमान सहित चार स्वास्थ्यकर्मी, तीन पाइलट, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

parichay

उनीहरूको त्रिभुवन विमानस्थलमा पुन स्वास्थ्य परीक्षण गरि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ ।

क्वारेन्टाइनमा भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरिएको छ । प्राधिकरणको चारवटा भवन प्रयोग गरिने सरकारले जनाएको छ ।

तस्विर : रासस

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन शैया रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

कुनैपनि रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । यसका लागि विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारिएको छ ।

यस अवस्थामा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?