NTHMC

एलेक्स नेपाली भन्छन्,‘यो मन त मेरो नेपाली हो’ (भिडिओ)

सन्तोष बस्याल
पोखरा / 

वर्षेनी लाखौंको संख्यामा विभिन्न देशबाट पर्यटक नेपाल फिर्नेगर्छन् । तिमध्ये केही पटकपटक आउँछन् भने केही एकपटक मात्र । नेपालको पकृतिसँगै यहाँको संस्कृतिमा हराउनेलाई फेरि फर्किएर आउन बाध्य बनाउँछ । नेपाली माटो र यहाँको आथित्यताले उनीहरुको मन प्रफुल्ल हुन्छ । केही पर्यटक त अझ नेपालमै नेपालकै नागरिकता लिएर बसेका छन् । त्यस्ता पर्यटकहरु अब नेपाली भइसकेका छन् ।

roma

नेपालको माटोलाई छातीमा टाँसेर यहाँको संस्कृतिलाई शिरमा राखेर हिँड्ने पर्यटक मध्येका एक हुन् एलेक्स बहादुर नेपाली । यो नाम उनले नेपाल टेक्नेबित्तिकै आफैले राखेका हुन् । उनको वास्तविक नाम एलेक्सजेण्डर स्लोकुम हो । ३९ वर्षीय एलेक्सलाई नेपालको प्राकृतिक सम्पदा र यहाँको मनोरम वातावरणले खिच्यो । ठूला हरिया पहाड,सेता हिमाल, निर्मल निश्चल ताल, चराचुरुङ्गीहरुको लवज, साराङ्गीको मिठो धुनको लयमा एलेक्स भुल्दै गए र भन्न थाले ‘यो मन त मेरो नेपाली हो’ ।

ICAS

नेपाली संस्कृति र संगीतको श्रीवृद्धिका लागि एलेक्स लागिरहेका छन् । शिरमा ढाका टोपी, कम्मरमा गितार बोकेर सुरिलो आवाज सहित गुन्जिरहेका हुन्छन् उनी ।
मानिसका सपना अनेकौ हुन्छन् । तिमध्ये केही पूरा हुन्छन् भने केही अधुरै रहन्छन् । विविध कारणले मानिस सपना पूरा गर्न असमर्थ हुन्छ । तर एलेक्स त्यस्ता छैनन । उनको सपना भनेकै नेपाली संगीतमा रमाउने हो । नेपाली माटोमै रम्ने हो ।

यतिबेला एलेक्स पोखरामा छन् । फेवातालको किनारमा अक्सर नेपाली गीत गुनगुनाइरहेका हुन्छन् । भन्छन्,‘नेपाली गीतसंगीतमा आफ्नो पन छ । सिधै मन स्पर्श गर्छ । गीतसँगीत सँगै प्रकृति नै रमाइरहेको आभाष हुन्छ ।’

parichay

विस्तारै नेपाली भाषा सिक्दै गरेका एलेक्सले करिब आधा दर्जनभन्दा बढी देशका विभिन्न प्रमुख शहरमा पुगेर नेपाली गीत गाएका छन् । नेपाली सँगीतलाई विश्वमाझ चिनाउने हेतुले उनी लागिपरेका छन् ।
सुन्दा पनि अचम्म लाग्छ । कोही विदेशी नेपाल आउँछ र यहाँको संस्कृतिलाई विश्व माझ फैलाउन तत्पर हुन्छ । एलेक्स यस्तै एक सच्चा नेपाल प्रेमी पर्यटक हुन् । उनलाई नेपाली सांगीतिक वातावरणमा रम्न मन पर्छ । उसो त नेपाली संगीतका वास्तविक पुजारी एलेक्स आफुलाई नेपाली नै भन्न रुचाउँछन् । नेपालसँग उनको संगीतको सामिप्यता छ ।

नेपाली सँगीतलाई विश्व बजारमा चिनाउने सर्जक बुद्धि परियारको ‘रेशम फिरीरी’ होस् या १९७४ एडी ब्याण्डको ‘यो मन त मेरो नेपाली हो’ एलेक्सले नगाएको शहर छैन । सन्जय श्रेष्ठको ‘माया मेरी माया’ बाट गाउन सुरुवात गरेका एलेक्सलाई हालसम्म १३ नेपाली गीत प्रस्तुत गरेका छन् । आफ्नै सिर्जनामा समेत उनले दुईवटा गीत रेकर्ड गराएका छन् ।

नेपालका विभिन्न ठाउँमा यात्रा गरिरहँदा जोकोहीलाई देखे पनि नमस्कार र जय नेपाल भन्ने स्वभावका हुन् एलेक्स । ढाका टोपी र ढाकाको इस्टकोट उनमा असाध्यै सुहाँउछ ।

भिडिओ /तस्बिर : प्रेम थापा, परिचय नेटवर्क

pokhara internet
Comments
Loading...