ICAS
Rara

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोना सन्देश

पोखरा/

विश्वव्यापी भाईरल भईरहेको कोरोना भाईरस विरुद्ध सरकार सँगै विभिन्न अन्य निकायले पनि निकै चासो देखाएका छन् । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश प्रवाह गर्न शुरु गरेको छ ।

govnotice
parichay

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक(पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।

फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

pokhara internet
Comments
Loading...