ICAS
Rara

‘नेपाल आइडल’को प्रशारण रोकिने

कोरोनाको त्रासका कारण नेपाल सरकारले नेपाललाई पूर्ण रुपमा ‘लकडाउन’ गरेको छ । त्यसैको प्रभावले ‘नेपाल आइडल- सिजन ३’को प्रशारण रोकिने भएको छ ।

सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै अवस्था सामान्य नहुञ्जेलसम्मका लागि नेपाल आइडलको प्रशारण रोकिएको निर्देशक सुरेश पौडेलले बताए । यस साताको बिहीबार निर्णायकको केही सन्देश र प्रतिस्पर्धीलाई शुभकामना मात्र दिइने छ ।

govnotice
parichay

प्रतिष्पर्धीलाई आइतबार नै आ-आफ्नो घर फर्काइएको छ ।

नेपाल आइडल अहिले टप ४ प्रतियोगीमा आइपुगिसकेको छ । आगमी एपिसोडमा वाइल्ड कार्ड इन्ट्रिको प्रस्तुती दिने पालो थियो । तर, उक्त एपिसोड नै प्रशारण नहुने भएको छ ।

pokhara internet
Comments
Loading...