ICAS
Rara

के नेपाली सेना नागरिकमैत्री छ ?

पोखरा/

आज शिवरात्री संगै नेपाली सेनाको स्थापना दिवस पनि हो । नेपाली सेनाले देशको प्रमुख सुरक्षा अंगको रुपमा विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी छिन् । उनी नेपाली सेनाको सेनाको परमाधिपति हुन्।

करिब दुई शताब्दी अघिदेखि नै नेपाली सेनाले दुई महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सेना दिवसमा सैनिक मञ्चमा विषेश कार्यक्रम राखिएको छ ।

नेपाली सेना अहिले जुन संरचनामा छ, यसको सुरुआत १८ १९ सालदेखि भएको हो। नेपालमा अहिले सेनाको संख्या ९६ हजार पाँच सय ९९ छ। राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भित्र पर्छ। सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहने गर्छ।

तस्विर : नेपाली सेना ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ नेपाली सेनाको योगदानको विश्वभरी नै प्रशंसा गरिन्छ ।

सन् १९५८ देखि नेपाली सेना राष्ट्रसंघको शान्ति मिसनमा आवद्ध भएको हो । सैनिक मुख्यालयका अनुसार हालसम्म एक लाख २९ हजार ८९० जनाले विश्वशान्ति तथा सुरक्षामा योगदान दिईसकेका छन् । यस क्रममा ६५ सैनिकले बलिदान दिइसकेका छन् भने ६६ सैनिक घाइते भएका छन्। विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा पाँच हजार ९५ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको सूचीमा नेपाल पाचौं स्थानमा छ ।

यस्तो गौरवपूर्ण ईतिहास र बलिदानी वर्तमान बोकेको नेपाली सेना भने नागरिकमैत्री हुन नसेको आरोप भने बेलाबेलामा आईरहन्छन् । नेपाली सेना सेना भन्दा बढी ठेकेदार र व्यापारी भएको आरोप लाग्ने गरेको छ । मुलुकका विभिन्न विकास आयोजनाहरुको ठेक्का लिनेदेखि पेट्रोल पम्प, विद्यालय, मेडिकल कलेज लगायतका व्यापारिक प्रतिष्ठानको सञ्चालनले सेनालाई सेना भन्दा बढी व्यापारी बनाईदिएको सुरक्षा विज्ञहरुले टिप्पणी गर्ने गरेका छन् ।

तस्विर : नेपाली सेना ।
parichay

ठेकेदारको रुपमा सेनाले काठमाडौँ–तराई मधेश दू्रतमार्गको काम गरिरहेको छ । यसैगरी कालीगण्डकी करिडोर लगायतका विभिन्न विकास आयोजनाहरुमा सेनाले ठेकेदारको रुपमा हात हालेको छ । यसका अलावा विपद व्यवस्थापन तथा उद्दारमा पनि सेनाको सक्रियतालाई सकारात्मक रुपमा लिन सकिन्छ ।

यसका साथै नेपाली सेना नागरिकमत्री पनि कत्तिको छ भनेर प्रश्न उठ्ने गरेको छ । २०७२ को भुकम्पका बेला क्षतिग्रस्त संरचनाको पुनर्निमाण गर्ने जिम्मेवारी सेनालाई दिईए पनि सेनाले त्यसमा खासै रुची देखाएन । यो नेपाली सेनाका लागि नागरिकमैत्री बन्ने एउटा अवसर थियो ।

नेपाली सेना बेलाबेलामा विभिन्न भ्रष्टाचार काण्डमा पनि मुछिने गरेको छ । हालै सेनाका निवर्तमान प्रमुख राजेन्द्र क्षत्री ठुलो भ्रष्ट्राचार काण्डमा तानिएका छन् । यसका साथै सैनिक कल्याणकारी कोषमा भएको रकमको दुरुपयोग, रासन तथा लत्ताकपडाको ठेक्कामा हुने अनियमितता साथै विदेशबाट किन्नुपर्ने सामान खरिद गर्दा हुने अनियमितता लगायतका काण्डमा फसेर नेपाली सेना नागरिकमैत्री हुनबाट चुकेको आरोपहरु पनि आउने गरेका छन् ।

तस्विर : नेपाली सेना ।

राजनीतिक परिवर्तनसँगै नेपाली सेनाको पुनर्संरचना गर्ने भनिएपनि त्यसो हुन सकेको छैन । जसका कारण सेना नागरिकमैत्री हुनबाट चुकिरहेको छ । यसका साथै शसस्त्र विद्रोहका बेला मच्चाईएका विभिन्न काण्डले पनि नेपाली सेनालाई विश्वस्त गर्न नागरिकहरु नसकिरहेको टिप्पणी पनि सुनिँदै आएका छन् । राष्ट्रिय निकुञ्जहरुको सुरक्षाको जिम्मा लिएको सेनाका केही सदस्यहरु यौन अपराधमा संलग्न भएका घटनाले पनि सेनाप्रतिको विश्वास पलाउन गार्हो परिरहेको छ ।

यसका साथै विचैमा अल्झिएको सेनाको पुनर्संरचनाको सवालले पनि नेपाली सेनालाई नागरिकमैत्री हुनबाट बञ्चित गरेको छ । यसभित्र आउने सबैभन्दा महत्वपूर्ण सवाल भनेको समावेशिकरण हो । गणतन्त्र अघिसम्म नेपाली सेनामा घरानीया उच्च अधिकारीहरु मात्रै प्रमुख हुने चलन थियो । तर पछिल्लो समयमा त्यो नभएपनि नेपाली सेना पूर्ण समावेशी भने भईसकेको छैन ।

तस्विर : नेपाली सेना ।

सेनामा अहिले मगर, गुरुङ, तामाङ, किराँत/लिम्बु र मधेशी समुदायमा आधारित पल्टन छन्। ती सबै पल्टनमा करिब ३९५० सेना छन्। यसले कुल सैन्य क्षमताको ४ प्रतिशत प्रतिनिधित्व गर्छ। त्यस्तै सेनाले सरकारी निकायमा अनिवार्य रुपमा ४५ प्रतिशत आरक्षण दिनुपर्ने प्रावधानलाई पनि लागू गरेको छ। जसअनुसार २० प्रतिशत महिला, ३२ प्रतिशत जनजाती, २८ प्रतिशत मधेशी र १५ प्रतिशत दलित समुदायलाई आरक्षणको व्यवस्था गरेको नेपाली सेनाले जानकारी दिएको छ।

सेनाको ५ कार्तिक २०७६ सम्मको तथ्यांकअनुसार ४२.५८ प्रतिशत क्षेत्री, ८५ प्रतिशत बाहुन, मगर ८.२० प्रतिशत, नेवार ५.७८ प्रतिशत, तामाङ ४.९८ प्रतिशत र गुरुङ २.९३ प्रतिशत रहेको पाइन्छ। सेनामा पछिल्लो समय महिलाको पनि प्रतिनिधित्व बढेको छ। सेनामा महिला प्रवेश २०१७ सालमै भएको भए पनि त्यो केवल प्राविधिक क्षेत्रमा मात्रै सीमित थियो। नेपाली सेनाको ‘आर्मी रेकर्ड अफिस’का अनुसार नर्सिङ क्षेत्रमा १ हजार ९सय ६१, मेडिकल डाक्टर १ हजार ९ सय ६९, पारा फोल्डर क्षेत्रमा १ हजार ९सय ६५, कानुनी क्षेत्रमा १ हजार ९ सय ९८, इन्जिनियरिङ क्षेत्रमा २ हजार ४ र उडड्यन क्षेत्रमा २ हजार ११ महिला नेपाली सेनामा कार्यरत छन्।

तथ्यांक हेर्दा नेपाली सेनाले राज्यले आत्मसाथ गरेको समावेशीकरणको नीतिलाई अनुसरण गरेको देखिन्छ । यसका बाबजुद माथि उल्लेखित कमजोरीहरु सुधारेर अगाडी बढेमा नेपाली सेना नागरिकमैत्री हुनेमा दुईमत छैन ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?