ICAS

दयाहाङ अभिनित ‘नीरफूल’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा भुकम्पका कारण एउटा परिवारले भोग्नु परेको पिडालाई देखाइएको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राई र शान्ति वाइवाले भुकम्पपछि आफ्नो सन्तान गुमाउनु परेको पिडालाई ट्रेलरमा देखाइएको छ ।

Parichay
Infomatics

फूलमान वलको निर्देशनमा तयार भएको यस चलचित्रमा दयाहाङ र शान्तिसँगै बुद्धि तमाङ, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।

सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रले चैत ७ गतेलाई रिलज मिति पक्का गरेको छ ।

pokhara internet
Comments
Loading...