ICAS
Rara

विषम परिस्थितिमा एनसेलले ल्याएको यस्तो अफर

काठमाडौं । एनसेलले अहिलेको विषयमा परिस्थितिमा आफ्नो परिवार तथा साथीहरुसँग सम्पर्कमा रहन सहज हुने विभिन्न अफरहरु ल्याएको छ ।

कम्पनीले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोग (कोभिड १९)ले आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै घरबाटै काम गर्नुपरको अवस्थामा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन यी अफरहरु ल्याएको जनाएको छ ।

govnotice

कोरोना भाइरस रोगबाट बच्न अहिलेको यो परिस्थितिको माग भनेको सामाजिक र भौतिक दुरी कायम गर्दै भीडभाडबाट टाढा रहनु हो भन्दै एनसेलले सञ्चार सेवाको पहुँचलाई अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको जनाएको हो ।
ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् ।

हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ । बभअअ प्रिपेड ग्राहकले रु १० देखि रु ५०० सम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।

parichay

ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् । एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइलनम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकमह्यास डायल गरी ग्राहकले निःशुल्कब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।

त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी मात्र रु २ सेवाशुल्कमा सापटी लिन सक्नेछन् । त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशतसम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् ।

प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्रकल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । जस्तै यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्तगर्नेछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्तगर्नेछन् । बोनस रकम सोहि दिनको मध्य राती सम्म मान्यहुने जनाइएको छ ।

साथै, विपद्को घडीमा कार्यलयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याकस्टे होम प्याक ल्याएको एनसेलले जनाएको छ । ग्राहकले करबाहेक मात्र रु २३० (करसहित २९३.६९) मा यो प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्रलागु हुनेछ ।

यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गर्नुपर्ने हुन्छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरीस्टे होम विकल्पछनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याकअन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुल्कलाग्नेछ । एनसेलको यो योजनाअन्तर्गतको सबै अफरहरु ३० दिनकालागि संचालनमा रहनेछ ।

pokhara internet
Comments
Loading...