ICAS
Rara

नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा सिग्देल

पोखरा/

नेपाल टुर्स एण्ड ट्राभल एसोसिएशन (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको अध्यक्ष सञ्जयकान्त सिग्देल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको चुनावमा उनी विजयी भएका हुन् । शनिबार पोखरामा भएको ११ औं अधिवेशनबाट सिग्देल २० मत अन्तरले बिजयी भएका हुन् ।

सिग्देलले निकटतम् प्रतिष्पर्धी झवि अधिकारीलाई २० मन अन्तरले पराजित गरे । उनले ९० मत प्राप्त गर्दा अधिकारीले ७० मत प्राप्त गरे ।

त्यसैगरी प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । उनले सबै भन्दा बढि १ सय ८ मत ल्याउदै बिजयी बने । प्रथम उपाध्यक्षका अको प्रतिस्पधी सुवास भण्डारीले ५१ मत ल्याए ।

parichay

द्वितीय उपाध्यक्षमा एक सय मत ल्याउदै किशोर दाहाल विजयी बने । उनले १०० मत ल्याए । द्वितीय उपाध्यक्षमा नेत्रपाणि भण्डारी ९बाबुराम० ले ६१ मत प्राप्त गरे । महासचिवमा कमला गिरीले ८७ मत प्राप्त गरिन् भने कुलचन्द्र शर्माले ७५ मत प्राप्त गरे ।

सचिवमा संगीता पौडेलले ८७ मत ल्याउदै बिजयी बनिन् भने चेतन कार्कीले ७६ मत प्राप्त गरे । कोषाध्यक्षमा राजेश पहारीले ८४ मत ल्याउदै विजयी बने भने विश्वराज आचार्य ७४ मत प्राप्त गरे ।

सहकोषाध्यक्षमा नवराज भण्डारीले ७८ मत प्राप्त गदै विजयी बने भने प्रदीप काफ्लेले ७४ मत प्राप्त गरे । त्यसै गरी सदस्यमा शुभास पहारी, सुशिला सिग्देल, तारा गौतम, सन्दिप श्रेष्ठ र खिम बहादुर नेपाली बिजयी बने ।

१५ सदस्यीय समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था छ । नाट्टामा १ सय ८१ जना सदस्य रहेका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?