ICAS
Rara

नम्रताको आग्रह: अरुलाई सार्न बाहिर नजानुस्’

नायिका नम्रता श्रेष्ठ अहिले होम क्वारेन्टाइनमा छिन् । उनी आफ्नै क्वारेन्टाइनमा बस्न थालेको ५ दिन बितिसक्यो ।

सामाजिक संजलमा आफ्नो शुभचिन्तकहरुको लागि कोरोनाबाट बच्नको लागि लुकेर बस्नुको बिकल्प नभएको बताएकी छिन् । उनले आफू लुकेर बसेकाले आफ्ना शुभचिन्तकलाई पनि लुकेर बस्न आग्रह गरेकी छिन् ।

govnotice
parichay

उनले कोरोना जो कोहीमा पनि हुन सक्ने उल्लेख गर्दै लेखेकी छिन्, ‘यो भाइरस जो कोहीसँग हुन सक्छ । हामी बाहिर निस्किदा अरुलाई सर्न पनि सक्छ । त्यसैले आफूमा वा अरुलाई सर्न कोही पनि बाहिर ननिस्किनु होला ।’

चलचित्र ‘जाइरा’ रिलिज पछि नम्रता खाली हात छिन् । उनी नयाँ प्रोजेक्टको लागि पूर्व अभ्यासमा छिन् ।

pokhara internet
Comments
Loading...