ICAS
Rara

नाडाले विराटनगरमा गर्यो भीसीटीएस र कर सम्बन्धी प्रशिक्षण कार्यक्रम

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएशन मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनसंगको संयुक्त पहलमा शनिबार बिराटनगरमा भन्सार, भीसीटीएस तथा कर सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
होटेल विग, रोडसिस विराटनगरमा प्रदेश नं १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ ।

नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दै आएकोे र यही २०७६ साल माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाडाँैमा सम्पन्न गरेको थियो । नाडाका अनुसार यस्तो प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने छ ।
मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौड्याल र सिए तथा साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

govnotice
parichay

सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्ट्रितगरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।

उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गरेका थिए । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

नाडाका अनुसार २०७६ साल फागुन २ गते नाडा र नाडाका संस्थागत एशोसिएशन बीच संयुक्त बैठक पनि विराटनगरमा सम्पन्न भएको छ । २०७६ साल फागुन ३ गने नाडाको दोश्रो केन्द्रीय कार्य समितिको बैठक समेत विराटनगरमा सम्पन्न भएको महासचिव रिजालले बताए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?