NTHMC

नबिल बैंक दोस्रो पटक पनि यूरोमनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ (Nepal’s Best Bank)द्वारा पुरस्कृत गरेको छ ।

समकालीन बैंकहरु मध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।

roma
parichay

सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रूपमा मानिन्छ ।‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरूलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।

ICAS

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरूवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

pokhara internet
Comments
Loading...