NTHMC

युवालाई देश फर्काउन लागेका नवराज ओझा

  • सौगात पोखरेल

उसकै उमेरका केटाहरु यतिवेला सुन्दर जीन्दगी बनाउने सपना बोकेर हरेक दिनजसो हजारौँको संख्यामा बिदेश कुदिरहेका छन् । उ युवाहरुलाई देश छोड्ने बातारणको अन्त्य गर्न पर्छ भनेर गाउँघरतिर डुलिरहेको छ ।
उ अर्थात नवराज ओझा यतिबेला कास्कीको रुपा गाउँपालिकाको प्रमुखको जिम्मा सम्हालेर बसिरहेको छ । एउटा फुर्तिलो केटो गाउँ बनाउँछु भनेर कम्मर कसेर लागि परेको छ ।
रुपा गाउँपालिकालाई नमुना गाउँ बनाउछु भनेर लागेको नबराज प्रायः गाउँतिरै भेटिन्छ । उसलाई जनताको हरेक समस्याले दुख्छ । उ जनताको समस्याले धित मरुञ्जेल निदाउन पाउँदैन । सुत्नेवेलामा आँफैले लेखेको घोषणापत्र हेर्छ । पुरा भएका प्रतिवद्धताहरुलाई टिक लगाउँछ नभएकाहरुलाई प्रतिवद्धताहरुलाई कसरी पुरा गर्ने योजना बनाउछ ।
उसले काम मात्र गरेको छैन त्यसको अभिलेखिकरण पनि गरेको छ । उसँग गएर कसैले तैले आजसम्म के के काम गरिस भनेर माग्यो भने आफ्नो कार्यविवरण प्रिन्ट गर्छ र दिदैँ भन्छ –‘यहाँ भएका भन्दा अलि वढी काम भएको छ । कार्यव्यस्तताको कारणले केहि कामहरुको सुचि थप्न पाएको छैन ।’ घोषणापत्रमा प्रतिवद्धता गरिएको भन्दा बढी काम गरेको दावा गर्ने ओझाले आफ्नो कार्यकाल सकिदासम्म घोषणापत्रमा लेखिएको भन्दा धेरै काम गरिसक्ने बताएका छन् ।
रुपा गाउँपालिका यतिवेला सरकारी बिद्यालयको गुणस्तर सुधारको लागि योजनाको साथ लागिपरिरहेको छ । यो दुईवर्षको अवधीमा सबै सरकारी स्कुलमा रिजल्ट राम्रो बन्दै गएको छ । रुपा गाउँपालिकाले प्राविधिक शिक्षामा पनि लगानी गर्न अगाडी बढीरहेको छ । रुपा गाउँपालिकाको सरकारी स्कुलमा ‘प्लस टु’ सम्मको अध्यान निःशुल्क रुपमा दिएको छ । शिक्षा र स्वस्थ्य क्षेत्रको सुधार नभएसम्म गाउँ फर्कने अभियानको थालनी नहुने भन्दै ओझाले शिक्षा र स्वस्थ्य क्षेत्रको सुधारको योजनामा लागेको बताएका छन् ।
सरकारी स्कुलमा वच्चा पढाउने नसक्नेहरुले मात्र होईन सक्नेहरुले पनि निजिमा भन्दा उत्कृष्ट नतिजा ल्याउनको लागि र बालवच्चाको चौतर्फि क्षमता बिकासको लागि सरकारी स्कुलमा नै छोराछोरी भर्ना गर्नुपर्ने मान्यता बिकासका लागि सरकारी स्कुलको शिक्षा र भौतिक पुर्वाधारको बिकासमा लागि परेको ओझाले बताए ।
यतिबेला रुपा गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकि र दुई वटा उपस्वास्थ्य चौकी रहेको छ । त्यो मध्य ५ वटा स्वास्थ्य चौकिमा ल्यावसहितको स्वास्थ्य सुविधा रहेको छ भने बाँकी दुईमा पनि त्यो सुविधा थप गर्ने योजनामा गाउँपालिका रहेको ओझाले बताए । गाउँमा नै शिक्षा ,स्वास्थ्य र खानेपानी लगायतको सुविधा प्रदान गर्न सकेको खण्डमा गाउँबाट बजार झर्नेहरुको संख्या शुन्यमा झर्ने ओझाको दावी छ ।
रुप गाउँपालिकाको कास्कीमानै पानीको संकट भएको गाउँपालिकामा पर्छ तर अहिले त्यो समस्या अन्त्यको लागि गाउँपालिका लागि रहेको छ । पहिलेको तुलनामा खानेपानीको समस्या ५० प्रतिशतले कम भएको छ । अवको एकवर्षमा खानेपानीको समस्या ९०ःप्रतिशत हल हुने ओझाले बताएका छन् । ओझा भन्छन्–‘हामी समस्या हल गर्नका लागि दिनरात नभनी लागिरहेका छौँ । खानेपानीको समस्या हल नहुने हो भने म उहाँहरुको प्रतिनिधि हुनुको अर्थ हुँदैन । हामीसँग फुस्रा गफ गर्नको लागि समय छैन । हाम्रो पुस्ताले पनि गफमा आफ्नो कार्यकाल गुजार्ने हो भने देश कहिल्यै बन्दैन ।’
हिजो गाउँमा केहि भएन भनेर शहर र बिदेश छिरेकाहरु विस्तारै गाउँ फर्कन लागेको ओझाले बताए । हिजो रोजीरोटीका लागि बिदेश छिरेका दर्जन बढी युवाहरु गाउँ फर्केर कृषी फर्म संचालन गरेका उनले बताए ।उनले भने–‘ हामीले देशमा नै केहि गर्छु भनेर योजना बनाएका तर स्रोत नभएका युवाहरुलाई लगानीको प्रबन्ध गरिरहेका छौँ । युवाहरुलाई उद्यमी बनाउनको लागि अघिल्लो वर्षमा २० लाख र यो वर्ष ५० लाख बिना धितो ऋणको लागि वजेट बिनियोजन गरेका छौँ । जसले गर्दा लगानी गर्ने पैसा नभएर बिदेशी जानुपर्ने बाध्यतामा रहेका युवाहरुलाई गाउँमा गरिखाने वातावरण सिर्जना हुन्छ ।’
गाउँपालिकाको बिकासको लागि योजनावद्ध लागि रहेको दावा गरेका ओझाले रुपा गाउँपालिकालाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाएर कृषीको औद्योगिकरण गर्ने बताए । ओझा भन्छन् –‘ हामीले हाम्रो गाउँपालिकाभरि माटो परिक्षण गरिरहेका छौँ । त्यसपछि कहाँ कुन खेति हुन्छ भन्ने कुराको पुरा विवरण आउँछ । कृषीलाई नै मध्यनजर गरेर हामीले जग्गा वर्गिकरण पनि गरिसकेका छौँ । त्यसो भयो भने हामी त कृषी उत्पादनमा आत्मनिर्भर हुन्छौँ नैै त्यसका अलवा कृषी पेशालाई आम्दानीसँग पनि जोड्न सक्छौँ । त्यसो गर्न सकियो भने केहि गर्न नसक्नेहरुले होईन धेरै गर्न खोज्नेहरुले कृषी पेशा गर्छन भन्ने मान्यताको पनि बिकास हुन्छ । नयाँ मान्यताको बिकाससँगै गाउँपालिको कुनै जग्गा बाँझो रहने छैन । त्यसपछि छाक टार्ने सपना देखेर कोहि पनि बिदेश जानुपर्दैन । ’
रुपा गाउँपालिकालाई पर्यटकिय गन्तव्यको रुपमा अगाडी बढाउनको लागि मेघा प्रोजेक्टको साथमा अगाडी बढेको ओझाले बताए । करिव एक अर्व बरावरको लगानीमा रुपालाई पर्यटकिय हव बनाउन लगिएको उनको दावी थियो । यो क्षेत्रको बिकास गर्ने हो भने निजि साझेदारीमा पर्यटन बिकासको योजनालाई जनतासँगको सहकार्यमा अगाडी बढाउनुपर्ने जिकिर गरे । धेरै जातजातीको बसोबास रहेको रुपामा ती सबै जातजातीको संस्कृतिलाई जगर्ने गर्दै प्रचारप्रसार गर्न सकेको खण्डमा रुपा पर्यटकीय हव बन्ने बिश्वास समेत व्यक्त गरे ।
त्यसका अलबा पर्यटनलाई मध्यनजर गर्दै नयाँ पदमार्गहरुको खोजी र नयाँ पर्यटकिय गन्तव्यको खोजीसँगै ओझेलमा परेका पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसारमा लागेर आफ्नो कार्यकालको अन्त्यसम्म रुपा गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गरेरै छाड्ने प्रतिवद्धतासमेत ओझाले गरे ।
अरु गाउँपालिकामा जस्तै बृद्धहरुलाई भत्ता वुझ्नको लागि वैङ्कमा गएर लाईन बस्नुपर्ने बाध्यता नरहेको बताउँदै उनले भने –‘हामीले बृद्धबृद्धालाई घरघरै गएर बृद्धा भत्ता बितरण गरिरहेका छौँ । बृद्धा भत्ता बितरण टोलीसँगै स्वस्थ्य टोली पनि जान्छन् ।हामीले हरेक बृद्धबृद्धालाई बृद्ध भत्तासँगै स्वस्थ्यको चेकजाँच पनि गर्ने गरेका छौँ । हामी जनताका हरेक समस्यासँग हातेमालो गर्दै अगाडी बढिरहेका छौँ । ’ आजसम्म गरेका कामको बिबरण खल्तिमा हालेर नयाँ कामको लागि अगाडी बढीरहने नवराज ओझालेजस्तै अन्य गाउँपालिका र नगरका प्रतिनिधिहरुले पनि काम गर्ने हो भने सिँहदरवार गाउँगाउँमा पुगेको अनुभुति जनातले गर्न पाउने थिए । युवाहरुलाई गाउँ फर्काउने अभियानमा लागेका नवराजलाई कुशल कार्यकालको शुभकामना ।
उनले आजसम्म गरेका कार्यबिवरण यसप्रकार छ ।

roma
parichay

ICAS

pokhara internet
Comments
Loading...