ICAS
Rara

म्यानको अध्यक्षमा रावा बैंकको सीइओ किरणकुमार श्रेष्ठ चयन

काठमाडौँ । नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ चयन भएका छन् ।

म्यानको कार्यसमितिमा निर्वाचित सदस्यहरुको आज सम्पन्न बैठकले रावा बैंकका सीईओ श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र द्वितीय उपाध्यक्षमा सुमन पोखरेल, महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी र कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी चयन भएका छन् ।

govnotice
parichay

गत शुक्रबार सम्पन्न म्यानको ३९ औँ साधारण सभाले कार्य समितिमा बाणिज्य बैंकका सिइओ श्रेष्ठसहित धर्मानन्ध अधिकारी, अनु जोशी, सुमन पोखरेल, हेमा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, मनिष झा, आशा राणा अधिकारी, सुजन आचार्य, मिलन श्रेष्ठ र मोहन ओझा सदस्यमा निर्वाचित भएका थिए । म्यानमा व्यक्तिगत समूहबाट ११ जना निर्वाचित हुने व्यवस्था छ ।

संस्थागततर्फ भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, नागरिक लगानी कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम् सिमेन्ट निर्वा्चित भएका थिए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?