NTHMC

म्याग्दी भित्रने नाकामा स्यानिटाइजर टनेल

म्याग्दी/

म्याग्दीमै पहिलो पटक जिल्ला भित्रिने नाका कालीपुलमा स्यानिटाइजर टनेल स्थापना भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ रोकथामको सम्भावित सङ्क्रमणबाट जोगिन व्यक्तिको पूरै शरीर स्यानिटाइजेसन टनेलबाट सङ्क्रमणमुक्त हुने भएको हो । साबुन पानीले हात धोएर स्यानिटाइजर लगाउनुपर्ने भनिँदै आएकामा अब जिल्ला भित्रिनेहरुलाई टनेलमा स्यानिटाइज गराइने भएको छ ।

roma

म्याग्दीको प्रवेशद्वारमा नै राखिएको उक्त टनेलमा छिरिसकेपछि सात सेकेण्ड समयावधिमा नै शरीर पूरै स्यानिटाइज हुने प्राविधिकले जनाएका छन् । लायन्स क्लब अफ बेनी पिस सिटी र म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० मकाउले मङ्गलबार स्यानिटाइजर टनेल स्थापना गरेका हुन् ।

ICAS

बेनीको म्याग्दी ऊर्जा प्रविधि केन्द्र र खत्री इलेक्ट्रोनिक्सले स्यानिटाइजर टनेल निर्माण गर्न प्राविधिक सहयोग गरेका छन् । “यो टनेलको प्रयोगसँगै म्याग्दीमा प्रवेश गर्ने प्रत्येक व्यक्तिको पूरै शरीर स्यानिटाइज हुनेछ”, लायन्सका अगुवा चन्द्रकुमार केसीले भने ।

parichay

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले म्याग्दीलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि सामाजिक सङ्घ संस्थाको सहयोगमा स्यानिटाइजर टनेल स्थापना गरिएको जानकारी दिए । गण्डकी प्रदेशभन्दा बाहिरबाट आउने व्यक्तिलाई कालीपुलमा स्थापना गरिएको चेक पोष्टका सुरक्षाकर्मी र स्वयंसेवकले स्यानिटाइज गराउनेछन् ।

मानिस टनेलभित्र छिरेपछि त्यहाँ जडान गरिएको स्वचालित उपकरणले माथि, दाया र बायाँबाट भाइरस नष्ट गर्ने स्यानिटाइजरको फोहोरा आउँछ । मानिसले टनेलभित्रको भुइँमा जडान गरिएको सेन्सरमा टेकेपछि टर्वाइन चालु भएर ग्यालिनभित्र राखिएको स्यानिटाइजर फोहोराबाट फाल्छ । एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्न सकिन्छ ।

एउटा स्यानीटाइजर टनेल बनाउँदा रु। एक लाख ५० हजार मूल्य बराबरका सामग्री खर्च भएको खत्री इलेक्ट्रिकल्सका सञ्चालक कृष्ण खत्रीले बताए । दुई दिनमा तयार पारिएको स्यानिटाइजर टनेल बुधबारदेखि औपचारिकरूपमा सञ्चालन गरिने भएको छ ।

यसैबीच नेपाल प्रगतिशील इञ्जिनियरीङ एसोसिएसन (पिन) म्याग्दीको प्राविधिक सहयोगमा बेनी अस्पतालमा पनि स्यानिटाइजर टनेल स्थापना गर्न लागिएको छ । बुधबारदेखि अस्पतालको स्यानिटाइजर टनेल पनि सञ्चालनमा आउने पिन म्याग्दीका संयोजक कृष्ण रिजालले जानकारी दिए । रासस

pokhara internet
Comments
Loading...