ICAS
Rara

डल्ले च्याउ लगाउने बेला भयो, कसरी गर्ने यसको खेती ?

पोखरा/

च्याउ खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शाकाहारी जीवनशैली अपनाउनेहरुका लागि च्याउको सेवन मासु जत्तिकै हुन्छ । तसर्थ च्याउ हाम्रो भान्साको अभिन्न तरकारीको रुपमा आएको छ ।

पहिले पहिले च्याउ खानु राम्रो मानिंदैनथ्यो । च्याउ खाने भएपनि जंगली च्याउ खोजेर खाने गरिन्थ्यो । कतिपय अवस्थामा विषालृु च्याउका कारण मानिसको ज्यान नै जाने खरेको खबर आउँथ्यो । तर अहिले च्याउको व्यवसायिक खेती गर्न थालिएको छ । जसका कारण कृषकहरुले मनग्ये आम्दानी लिन सफल भएका छन् । च्याउ विभिन्न प्रकारका हुन्छन् । ती मध्येको एक हो गोब्रे च्याउ ।

अहिले यो च्याउको खेती गर्ने मौसम शरु भएको छ । गोबर भएको ठाउँमा उम्रने भएकाले च्याउको यो प्रजातिलाई गोब्रे च्याउ भनिएको हो । यो च्याउ चिसो हावापानि भएको ठाउँमा उम्रने भएकाले यसलाई पहाड, उपत्यका वा तराईमा मौसम अनुसार खेती गर्न सकिन्छ ।

कसरी गर्ने त गोब्रे च्याउको खेती ?

काठमाण्डौं उपत्यकामा असार—श्रावणमा मल बनाई भाद्रमा बीउ रोप्ने र पुष—माघमा मल बनाई फाल्गुणमा बीउ रोप्नुपर्छ ।

गोब्रे च्याउको लागी कम्पोष्ट मल तयार पानुपर्छ ।

  • एक टन परालको कम्पोष्ट मल तयारी गर्न चाहिने सामग्री
  • पराल १००० किलोग्राम
  • यूरिया ५ किलोग्राम
  • एमोनियम सल्फेट २० किलोग्राम
  • ट्रिपल सुपरफस्फेट ७ किलोग्राम
  • कृषि चून ३० किलोग्राम
  • फर्मालीन १ लि.
  • नुभान १०० एम.एल.
  • डेरोसाल ५० ग्राम
  • च्याउको बीउ २० वोतल वा ५ कि.ग्रा.

कम्पोष्ट तयार गर्ने विधि

  • सफा पराललाई १ फिट लामो हुने गरी टुक्र्याउने ।
  • टुक्राएको पराललाई चिसो पानीमा ८/१० घण्टा डुवाउने ।
  • काठको फ्रेम (५ फिट लम्बाइ ५ फिट चौंडाइ र १ फिट उचाइ) को सहायताले परालको तहतह गरी थिच्दै हरेक ३÷४ तह (१ हात) पछि एक पसारोको दरले मल छर्ने र ४ फिटसम्मको उचाई बनाई ५०० के.जी.सम्म पराल अट्ने गरी पुष्ट पार्ने ।
  • पराल सुख्खा छ भने हल्का पानी दिने ।

कम्पोष्ट पल्टाउने

पहिलो पल्टाई ५ दिनमा, दोस्रो १० दिनमा (कृषि चून पनि छर्ने), तेस्रो पल्टाई १३ औं दिनमा, चौथो १६ औं दिनमा, पाँचौ पल्टाई १९ दिन, छैठौं पल्टाई २२ औं दिनमा गर्नुपर्दछ । डाईथेन एम ४५, २.५ ग्राम र नुभान १ मी.लि. प्रति लिटर पानीको दरले घोल बनाई २० लिटर प्रति टन कम्पोष्टमा प्रयोग गर्ने ।

  • सातौं पल्टाई २५ औं दिनमा र आठौं पल्टाई २८ औं दिनमा गर्ने ।
aama movie

यो अवस्थामा कम्पोष्टको रङ्ग हल्का खैरा, चिस्यान ६० प्रतिशत र पि.एच. ६–६.५ हुनु पर्दछ ।

कम्पोष्ट वेडको तयारी

च्याउ खेती गरिने कोठालाई २ प्रतिशतको फर्मालिनले सफा गर्ने । सो कोठामा ३–४ फिट चौडाई र ६–८ इन्च उचाईका कम्पोष्ट वेड काठको याकमा बनाउने । भुईंमा पनि वेड बनाउन सकिन्छ ।

बीउ छर्ने

  • वेड तयार गरेको २ दिन पछि च्याउको बीउ छर्ने ।
  • १ टन परालको लागि २० बोतल बीउ आवश्यक पर्छ ।
  • माथिल्लो १.५ इन्च कम्पोष्ट हटाई बीउ छर्ने र त्यसलाई कम्पोष्टले ढाकेर हत्केलाले बिस्तारै थिच्ने । माथिबाट फर्मालिनले उपचार गरिएको पत्रिकाले ढाकी पानी दिने ।
  • कोठाको तापक्रम २२–२५ डिग्री सेल्सिएस र सापेक्षिक आर्द्रता ८०–८५ प्रतिशत राख्ने ।
  • १५–२० दिनमा कम्पोष्टमा सेतो ढूसी रेखाले ढाकेको देखिन्छ ।

माटोले छोप्ने

बीउ छरेको २ हप्ता पछि वेडको माथिल्लो तह ढाक्नको लागि मिश्रण (माटो) तयार गर्ने । यसको लागि १०० के.जी. मसिनो माटो २ के.जी. चूना र फर्मालीन पानीको घोल (२५एम.एल. र ५ ली) एकै ठाउँमा मिसाई प्लाष्टिकले ढाकी ४८ घण्टा राख्ने र पुनः राम्ररी चलाउने । सो मिश्रणले १ इन्च बाक्लो हुने गरी वेडलाई छोप्ने र बिहान बेलुकी हल्का पानी दिने ।

कोठाका तापक्रम

शुरुमा तीन हप्तासम्म २२–२५ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०–८५ प्रतिशत राख्ने र त्यसपछि १५–१८ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०–९० प्रतिशत हुने गरी मिलाउने ।

रोग र कीरा नियन्त्रण

खैरोप्लाष्टर रोगः यो रोग ढूसीबाट फैलन्छ । शुरुमा सेतो र पछि खैरो पाउडर जस्तो देखिन्छ । यसको नियन्त्रणको लागि सरसफाई, हावाको संवाहन, तापक्रम र सापेक्षिक आर्द्रता मिलाउनु पर्छ । उपचारको लागि ५ ग्राम वेभीष्टीन प्रति लिटर पानीमा मिसाएर वेडमा छर्ने ।

कीरा नियन्त्रणः झिँगा एवं सुलसुलेको असर देखियो भने सुलसुलेको लागि ०।१ प्रतिशत र झिँगाको लागि ०।२ प्रतिशत नुभानको घोल बनाएर छर्कने । अवस्था हेरी फेरी एक पटक दोहो¥याउने । विषादी छरेपछि च्याउ टिप्न ४ दिनसम्म पर्खनु पर्छ ।

च्याउ टिप्नेः

च्याउ रोपेको व्याड माटोले ढाकेको ३ हप्ता पछि च्याउ टिप्न लायक हुन्छ । च्याउ टिप्दा बोटलाई समातेर एकातर्फ बटारी हल्कासँग टिप्नु पर्दछ । च्याउ टिपेपछि जरा हटाई उपचार गरिएको माटोले पुनः पुरी हल्का पानी दिनुपर्दछ । एक टन परालको कम्पोष्ट २००–३०० किलोग्रामसम्म ताजा गोब्रे च्याउ उत्पादन हुन्छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?