ICAS
Rara

पोखरा मन्टेश्वरी किन्डर होमद्वारा महिला भलिबल खेलाडी अरुणा शाही सम्मानित

पोखरा । पोखरा मन्टेश्वरी किन्डर होमले राष्ट्रिय महिला भलिबल खेलाडी अरुणा शाहीलाई सम्मान गरेको छ । उनी राष्ट्रिय महिला भलिबल खेलाडी टिमकी क्याप्टेन हुन् ।

मन्टेश्वरीले आफ्नो १८ औ वार्षिक उत्सवको अवसरमा शाहीलाई नगद २५ हजार सहित सम्मान गरेको हो । कार्यक्रममा मन्टेश्वरीले बालबालिका लक्षित खेलकुद कार्यक्रम समेत राखेको थियो ।

सञ्चालक मध्येकी एक मोनिका थापाका अनुसार शनिबार (आज) सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङ थिए ।

aama movie

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका प्रकाश बराल सहित मन्टेश्वरीका प्रिन्सिपल मिलन केसीको उपस्थिति रहेको थियो ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?