मोदीको जन्मदिनमा ओलीको ट्विट: ‘सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं’

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिन मनाउँदैछन् । मोदीको आज ७० ‍औं जन्मदिन हो ।

मोदीको जन्मदिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना दिएका छन् । ट्विटरमा एक ट्विट लेख्दै ओलीले मोदीलाई शुभकामना दिएका हुन् ।

मोदीलाई मेन्सन गर्दै ओलीले ट्विट गरेका छन्, ‘तपाईंको जन्मदिनको अवसरमा हार्दिक शुभकामना । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु ।’

ICAS

ओलीले दुई राष्ट्र बीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने प्रतिवद्धता पनि गरेका छन् ।

pokhara internet
Comments
Loading...