रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाइ गर्ने खेलाडी

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबल खेलाडीको शिर्ष स्थानमा पुगेका छन् । पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै उनी यस वर्षको शिर्ष स्थानमा उक्लिएका हुन् ।

फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर रहेको छ । ११७ मिलियन डलर आय सँगै रोनाल्डो दोस्रो नम्बरमा परेका छन् ।

roma

यो सूचिको तेस्रो नम्बरमा ब्राजिलियन फरवार्ड नेइमार परेका छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

ICAS
parichay

सूचिको चौथो स्थानमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे रहेका छन् । उनको कामइ ४२ मिलियन रहेको छ । उनी गत वर्षको भन्दा ३ स्थान माथि उक्लिएका छन् ।

हेरौँ सूचि:

१. लियोनल मेस्सी – १२६ मिलियन डलर
२. क्रिष्टियानो रोनाल्डो – ११७ मिलियन डलर
३. नेइमार – ९६ मिलियन डलर
४. केलियन एम्बाप्पे – ४२ मिलियन डलर
५. मोहम्मद सालह – ३७ मिलियन डलर
६. पउल पोग्बा – ३४ मिलियन डलर
७. एन्टोनी ग्रिजम्यान – ३३ मिलियन डलर
८. ग्यारेथ बेल – २९ मिलियन डलर
९. रोबर्ट लेवान्डोस्की – २८ मिलियन डलर
१०. डेविड डी जिया – २७ मिलियन डलर

pokhara internet
Comments
Loading...