ICAS
Rara

पोखराको पुरानो टुडीखेलमा ‘वृहत लोकसाँस्कृतिक महोत्सव’ जारी

पोखरा / अक्सर कलाकार अरुका मेलामहोत्सवमा जान्छन् । कलाकारलेनै आयोजना गर्ने महोत्सव कमै हुन्छ । तर पोखरामा यतिबेला कलाकारद्वारानै महोत्सवको आयोजना गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा पोखराको पुरानो टुडीखेलमा ‘वृहत लोकसाँस्कृतिक महोत्सव’ जारी छ ।

फागुन १ देखि भइरहेको महोत्सव शनिबार (आज) सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको बाक्लो उपस्थिति देखिन्छ । कलाकार कल्याणकारी कोषको सहयोगार्थ आयोजित महोत्सवलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको साथ छ ।

aama movie

२३ लाख लगानी रहेको महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य छ । पर्यटकीय नगरी पोखरामा निरन्तर सांस्कृतिक कार्यक्रमको प्रवाह बढाउने उद्देश्यस्वरुप महोत्सवको आयोजना गरिएको अध्यक्ष सुरेन्द्र गुरुङले बताए । पोखराको पुरानो टुडीखेलमा पहिले थुप्रै कार्यक्रम हुने गर्थे । अहिले त्यति भइरहेको पाउँदैनौ । पोखराका हरेक क्षेत्रमा कलाकारको प्रत्यक्ष सहभागिता रही यहाँका स्थानहरुको प्रचारप्रसारमा समेत महोत्सवले टेवा पुर्याउने उनले बताए ।

महोत्सवमा गण्डकी प्रदेशका सदभावना दुत गायक प्रकाश सपुत, प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, बद्री पंगेनी, रामजी खाँड, पशुपती शर्मा, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा लगायत बाल गायिका कमला घिमिरे सहित प्रतिष्ठान गण्डकीका ९ वटै जिल्ला शाखाका कलाकारहरुको प्रस्तुति रहने जानकारी गराइएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?