NTHMC
aama movie

पोखरामा मेलै मेला : व्यापार मेला सकियो, पोखरा महोत्सव आजदेखि

पोखरा/
लेखनाथ महोत्सव, सडक महोत्सव, नववर्ष महोत्सव, रोपाईं महोत्सव, दाईं महोत्सव, औद्योगिक व्यापार मेला, पोखरा महोत्सव, आलु महोत्सव ।
अर्थात पोखरा मेलै मेलाको सहर । कुनै न कुनै अवसरमा यहाँ मेला भईरहेकै हुन्छन् । यस्ता मेला महोत्सवले आर्थिक कारोवारलाई चलायमान बनाउँछन् ।
सोमवार मात्रै पोखराको नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला सकिएको छ ।
मंगलवार फेरी अमरसिंहचोकमा पोखरा महोत्सव शुरु हुँदैछ । महोत्सव १४ दिनसम्म हुनेछ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले गर्ने आयोजक युनाईटेड क्लबले जनाएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?