ICAS
Rara

मेगा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

पोखरा । मेगा बैंक नेपाल लिमिटेडले पोखरामा माघ १७ गते एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पोखरा स्थित मेगा बैंकका ४ वटै शाखाका शाखा प्रबन्धकहरु सदिप ढकाल, सुनील चौलागाईं, सृष्टि ढकाल तथा शान्ति अर्यालले वित्तीय साक्षरता सम्बन्धी जानकारी गराए । सो कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, जोखिम न्यूनिकरण लगायत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा पोखराका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । मेगा बैंकले देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको छ

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?